नेभिगेशन
मुख्य समाचार

रास्वपा केन्द्रीय समिति बैठकमा सहभागी हुन नेताहरू पुग्दै (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुन  पदाधिकारी एवं सदस्यहरू बनस्थली पुग्ने क्रम जारी छ। बैठकमा पार्टीको सांगठनिक व्यवस्थापनदेखि आगामी स्थानीय निर्वाचनको तयारीसम्मका विषयमा छलफल हुने भएको छ।

रास्वपा महामन्त्री विपीन आचार्यका अनुसार बैठकका १० वटा एजेण्डा तय भएका छन्। बैठकले पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालय सदस्य तथा विभागीय प्रमुख मनोनयनसम्बन्धी निर्णय गर्नेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांगठनिक व्यवस्थापन तथा मनोनयनतर्फ केन्द्रीय समिति सदस्य र पदाधिकारी मनोनयनको एजेण्डा राखिएको छ। रास्वपाको विधानअनुसार सभापतिले वरिष्ठ नेता, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गर्न सक्ने व्यवस्था छ।

Ncell
Extreme Energy

चितवनमा सम्पन्न महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भइसकेका छन्।

महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्यसमेत निर्वाचित भएका छन्। सभापति तथा प्रदेश सभापतिहरू स्वतः केन्द्रीय सदस्य रहने व्यवस्था छ। १५८ सदस्यीय केन्द्रीय समितिमा अब सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी रहेको रास्वपाले जनाएको छ।

आजको बैठकबाट केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गर्ने सभापति लामिछानेको तयारी छ। विशेषगरी कोषाध्यक्ष र प्रवक्ता मनोनयन गर्ने तयारी रहेको बताइएको छ। सभापति लामिछानेले योग्य र सक्षम व्यक्तिको खोजी गरी क्रमशः मनोनयन गरिने बताउँदै आएका छन्।

३३ सदस्यीय सचिवालय गठन गरिने

केन्द्रीय समितिले सचिवालय सदस्य मनोनयनसम्बन्धी निर्णयसमेत गर्नेछ। यसअघि सभापति लामिछानेको संयोजकत्वमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपीन आचार्य तथा सहमहामन्त्री असिम शाह, हरि ढकाल र निशा डाँगी सदस्य रहने गरी सचिवालय गठन भइसकेको छ।

सभापतिले थप सदस्य मनोनयन गर्नेछन्। रास्वपा विधानअनुसार सचिवालय ३३ सदस्यीय हुने व्यवस्था छ।

२८ वटा विभागमा प्रमुख मनोनयन

बैठकले पार्टीका विभागीय प्रमुखहरूको मनोनयनसम्बन्धी निर्णय पनि गर्नेछ। संशोधित विधानअनुसार रास्वपामा २८ वटा विभाग छन्।

सांगठनिक तथा परिचालनतर्फ नीति तथा विचार, संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार, आन्तरिक सूचना–प्रविधि तथा प्रणाली, मानव पुँजी–स्वयंसेवक तथा प्रशासन, सामाजिक न्याय–लैङ्गिक समानता तथा समावेशिता, कानुनी मामिला तथा संस्थागत अनुपालन, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन, र्‍याट, स्वदेश सम्पर्क र प्रवास सम्पर्क विभाग छन्।

यस्तै सार्वजनिक नीति तथा विषयगततर्फ सुशासन तथा राज्य व्यवस्था, विधायन–संसदीय मामिला तथा न्याय प्रणाली, अर्थ, कृषि–भूमि व्यवस्था तथा सहकारी, शिक्षा तथा मानव पुँजी विकास, जनस्वास्थ्य, पूर्वाधार, उद्योग–वाणिज्य तथा लगानी प्रवर्द्धन, श्रम–रोजगार तथा सामाजिक सुरक्षा, आपूर्ति–बजार सुशासन तथा उपभोक्ता अधिकार, विज्ञान–सूचना प्रविधि–नवप्रवर्तन तथा स्टार्टअप, वातावरण–जलवायु तथा प्राकृतिक स्रोत, संस्कृति–पर्यटन तथा राष्ट्रिय सम्पदा, सामाजिक न्याय तथा समता प्रवर्द्धन, युवा सशक्तीकरण तथा खेलकुद र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग रहेका छन्।

रास्वपाले अनुशासन, निर्वाचन र लेखा आयोगका प्रमुख भने यसअघि नै मनोनयन गरिसकेको छ।

स्थानीय निर्वाचनको तयारीमा पनि निर्णय

महामन्त्री आचार्यका अनुसार बैठकले स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्नेछ। ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा समेत निर्णय हुनेछ।

स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनसम्बन्धी निर्णय पनि बैठकले गर्नेछ।

यस्तै, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि निर्णय हुनेछ।

‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गरिने

रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामको मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा समेत बैठकबाट निर्णय गर्ने भएको छ।

महामन्त्री आचार्यका अनुसार बैठकमा अन्य समसामयिक तथा विविध विषयमा समेत छलफल हुनेछ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

RSP-Meeting-Bhadra-5_NPL-(1)-1787292639.JPG

RSP-Meeting-Bhadra-5_NPL-(2)-1787292637.JPG

RSP-Meeting-Bhadra-5_NPL-(4)-1787292634.JPG

RSP-Meeting-Bhadra-5_NPL-(3)-1787292634.JPG

RSP-Meeting-Bhadra-5_NPL-(7)-1787292632.JPG

RSP-Meeting-Bhadra-5_NPL-(5)-1787292632.JPG

RSP-Meeting-Bhadra-5_NPL-(8)-1787292630.JPG

RSP-Meeting-Bhadra-5_NPL-(9)-1787292628.JPG

RSP-Meeting-Bhadra-5_NPL-(10)-1787292628.JPG

RSP-Meeting-Bhadra-5_NPL-(12)-1787292626.JPG

RSP-Meeting-Bhadra-5_NPL-(11)-1787292626.JPG

RSP-Meeting-Bhadra-5_NPL-(13)-1787292623.JPG

RSP-Meeting-Bhadra-5_NPL-(14)-1787292623.JPG

RSP-Meeting-Bhadra-5_NPL-(15)-1787292620.JPG

RSP-Meeting-Bhadra-5_NPL-(16)-1787292620.JPG

RSP-Meeting-Bhadra-5_NPL-(18)-1787292617.JPG

RSP-Meeting-Bhadra-5_NPL-(17)-1787292617.JPG

RSP-Meeting-Bhadra-5_NPL-(20)-1787292614.JPG

RSP-Meeting-Bhadra-5_NPL-(19)-1787292615.JPG

RSP-Meeting-Bhadra-5_NPL-(21)-1787292612.JPG

RSP-Meeting-Bhadra-5_NPL-(22)-1787292612.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।
अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा चुरोटमा लगाइएको उच्च करका कारण कालोबजारी र संगठित अपराध बढेको विशेषज्ञहरूले औंल्याएका छन् । उनीहरूले सुर्ती–तम्बाकु कर घटाउँदै कानुनी चुरोटको मूल्य सस्तो बनाउनुपर्ने बताएका हुन् ।
जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या देखिएका दुई महिलालाई हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ।