नेभिगेशन
मुख्य समाचार

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं । नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिँजा क्षेत्रमा नेपाल टेलिकमको फोर-जी सेवा सञ्चालनमा आएको छ।

कनकासुन्दरी गाउँपालिका–स्थित गुठीज्युला बजार क्षेत्रमा शुक्रबारदेखि फोर-जी सेवा सुरु गरिएको नेपाल टेलिकमले जनाएको छ। नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर-जी सेवा उपलब्ध हुनेछ। टावरबाट गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायत क्षेत्रमा सेवा पुग्नेछ।

Ncell
Extreme Energy

टावर सञ्चालनका लागि तत्काल सोलार ब्याट्री प्रयोग गरिएको छ। टावर स्थापना भएको दुई महिनाभन्दा बढी भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालय प्रमुख पुजाराले बताए।

राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् जडान गर्न नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ।

सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ। सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा पनि यसै साता फोर-जी सेवा सञ्चालनमा ल्याउने तयारी छ। सगरमाथा आधार शिविर क्षेत्रमा फोर-जी सेवा विस्तारका लागि समेत अध्ययन भइरहेको टेलिकमले जनाएको छ।

यसअघि उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा फोर-जी सेवा विस्तार भइसकेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ ल्हान तथा ठूलीभेरी नगरपालिका–१ दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटर उचाइमा फोर-जी सेवा सञ्चालनमा छ।

त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटर उचाइमा फोर-जी सेवा सुरु भइसकेको छ।

देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ। डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको छ।

हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै रु ६ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।
अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा चुरोटमा लगाइएको उच्च करका कारण कालोबजारी र संगठित अपराध बढेको विशेषज्ञहरूले औंल्याएका छन् । उनीहरूले सुर्ती–तम्बाकु कर घटाउँदै कानुनी चुरोटको मूल्य सस्तो बनाउनुपर्ने बताएका हुन् ।
जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या देखिएका दुई महिलालाई हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ।