नेभिगेशन
समाज

अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलिया । अस्ट्रेलियामा चुरोटमा लगाइएको उच्च करका कारण कालोबजारी र संगठित अपराध बढेको विशेषज्ञहरूले औंल्याएका छन् । उनीहरूले सुर्ती–तम्बाकु कर घटाउँदै कानुनी चुरोटको मूल्य सस्तो बनाउनुपर्ने बताएका हुन् ।

गठबन्धन र वन नेसन पार्टीबीच तम्बाकु कर नीतिलाई लिएर बहस चलिरहेका बेला विशेषज्ञहरूले अवैध तम्बाकु कारोबार नियन्त्रण गर्न कर घटाउनु उपयुक्त विकल्प हुन सक्ने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वन नेसनकी नेता पौलिन ह्यान्सनले तम्बाकु कर ७५ प्रतिशतले घटाउने नीति घोषणा गरेकी छन्। उक्त नीतिले कानुनी रूपमा बिक्री हुने चुरोटको एक प्याकेटको मूल्य ४६.५० अस्ट्रेलियन डलरबाट घटेर करिब २१–२२ डलरमा पुग्ने अनुमान गरिएको छ। यसको उद्देश्य कालोबजारी तथा त्यससँग जोडिएको संगठित अपराध नियन्त्रण गर्नु रहेको बताइएको छ।

Ncell
Extreme Energy

गठबन्धनले पनि आफ्नै तम्बाकु कर नीति तयार गरिरहेको जनाएको छ। गठबन्धनकी उपनेता जेन ह्युमले करका कारण फस्टाएको संगठित अपराध नियन्त्रण गर्नु महत्वपूर्ण भए पनि कमजोर वर्गका मानिसलाई धुम्रपानबाट जोगाउनु पनि आवश्यक रहेको बताएकी छन्।

अस्ट्रेलियामा बिक्री हुने सबै कानुनी तम्बाकुमा कर लाग्छ। धुम्रपान दर घटाउने उद्देश्यले सन् २००० को दशकमा तम्बाकु कर उल्लेख्य रूपमा बढाइएको थियो। हाल कर हरेक वर्ष मार्च र सेप्टेम्बरमा औसत आम्दानीको वृद्धिदरअनुसार समायोजन हुँदै आएको छ।

धुम्रपान गर्नेको संख्या घटे पनि कानुनी चुरोटको उच्च मूल्यका कारण केही उपभोक्ता अवैध तथा कालोबजारीको तम्बाकुतर्फ आकर्षित भएको विशेषज्ञहरूको दाबी छ। यसबाट सरकारले ठूलो मात्रामा कर राजस्व गुमाउनुका साथै संगठित अपराधसमेत बढेको उनीहरूको भनाइ छ।

न्यु साउथ वेल्स विश्वविद्यालय (यूएनएसडब्ल्यू)का अर्थशास्त्री रिचर्ड होल्डनले तम्बाकु कर एक वर्षका लागि पूर्ण रूपमा हटाएर चुरोटको मूल्य करिब २० डलरमा झार्नुपर्ने सुझाव दिएका छन्।

उनका अनुसार अत्यधिक करले अवैध रूपमा चुरोट आयात तथा बिक्री गर्नेहरूलाई आर्थिक प्रोत्साहन दिएको छ। यसले तस्करीसँगै हिंसात्मक गतिविधि बढाउने जोखिमसमेत बढाएको उनको दाबी छ।

स्वतन्त्र अर्थशास्त्री क्रिस रिचार्डसनले पनि तम्बाकु कर घटाउनुका साथै अवैध कारोबार नियन्त्रणका लागि सरकारी प्रवर्तनलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

तर लेबर सरकारले तम्बाकु कर घटाउने प्रस्ताव अस्वीकार गरेको छ। स्वास्थ्य मन्त्री मार्क बटलरले कर घटाउने प्रस्तावलाई ‘सस्तो हेडलाइन’को संज्ञा दिँदै सरकारले संगठित अपराधसँग मूल्यमा प्रतिस्पर्धा गर्न नहुने बताएका छन्।

अर्थशास्त्री होल्डनले भने तम्बाकु कर नीतिका कारण सरकारको वार्षिक १० अर्ब अस्ट्रेलियन डलरभन्दा बढी राजस्व गुमिरहेको दाबी गरेका छन्। कर नीतिले धुम्रपान घटाउने लक्ष्य पूरा गर्न नसकेको र हिंसात्मक अपराधसमेत बढेको उनको भनाइ छ।

उनले वर्तमान अवस्थालाई ठूलो नीतिगत असफलताको रूपमा व्याख्या गरेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको सहयोगमा ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।