नेभिगेशन
मुख्य समाचार

रास्वपाले तोक्यो विभागका प्रमुख, आर्थिकमा लिमा र संगठनमा प्रमोद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न विभागका प्रमुख तोकेको छ। पार्टी केन्द्रीय समितिको बैठकले विभागीय जिम्मेवारी बाँडफाँट गर्दै ६ विभागका प्रमुखको नाम टुंगो लगाएको हो।

रास्वपाले आर्थिक विभागको प्रमुखमा लिमा अधिकारी, अन्तर्राष्ट्रिय विभागमा शिशिर खनाल र संगठन विभागमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै पूर्वाधार विभागको प्रमुखमा निशा डाँगी, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की र सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा विजय जैरुलाई जिम्मेवारी दिइएको छ।

Ncell
Extreme Energy

रास्वपाको संशोधित विधानअनुसार पार्टीमा विभिन्न संगठनात्मक तथा विषयगत विभाग रहने व्यवस्था छ। विभागीय प्रमुखहरूले सम्बन्धित क्षेत्रमा पार्टीको नीति निर्माण, संगठन विस्तार तथा परिचालन र विषयगत कामलाई अघि बढाउनेछन्।

रास्वपाको केन्द्रीय समिति बैठकले बाँकी विभागका प्रमुखसमेत क्रमशः मनोनयन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट समेत बाटो खुलेको छ।
रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।
रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यादवलाई सहमहामन्त्री मनोनीत गरेको हो ।
रास्वपा सचिवालयमा थपिए ११ सदस्य (सूची)

रास्वपा सचिवालयमा थपिए ११ सदस्य (सूची)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय विस्तार गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ११ जना सचिवालय सदस्य मनोनयन गरेको हो।