नेभिगेशन
मुख्य समाचार

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

हुलाकी सडकखण्डमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख २३६० नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेकी कपिलवस्तु नगरपालिका–२ बर्गदवाकी अन्दाजी २२ वर्षीया निशा गद्दीलाई ठक्कर दिएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोरङको सुनवर्षी नगरपालिका–१० का ४३ वर्षीय कृष्णप्रसादले चलाएको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी गद्दीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।

Marvel
Extreme Energy

दुर्घटनालगत्तै प्रहरी चौकी तौलिहवा, कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी उनलाई जिल्ला अस्पताल तौलिहवा पुर्‍याएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।

दुर्घटनापछि ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...