नेभिगेशन
मुख्य समाचार

पेटमा लुकाएर सुन तस्करी गरेको आरैपमा बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । पेटभित्र क्याप्सुल आकारमा लुकाएर सुनजस्तो देखिने धातु ल्याउने एक बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रासेल हल्दार रहेका छन्। उनी फ्लाई दुबईको उडान नम्बर एफजेड–११३३ मार्फत काठमाडौं आएका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भन्सार क्षेत्र पार गरी पार्किङ एरियातर्फ जाँदै गरेका हल्दारलाई विमानस्थल सुरक्षा कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले शंकाका आधारमा नियन्त्रणमा लिएको थियो।

Ncell
Extreme Energy

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उनले पेटमा १५ ग्राम सुन लुकाएर ल्याएको बताएका थिए। त्यसपछि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा गरिएको पेल्भिक एरियाको एक्स–रे परीक्षणमा उनको पेटभित्र शंकास्पद धातु देखिएको थियो।

अस्पतालमा पाँच दिन निगरानीमा राखिएका हल्दारको स्वास्थ्यमा कुनै प्रतिकूल असर नदेखिएपछि शौच गराउँदा पेटबाट अन्दाजी १५० ग्राम तौल भएका पहेंलो सुनजस्तो देखिने क्याप्सुल आकारका दुई थान धातु बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका हल्दारलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

WhatsApp-Image-2026-08-21-at-17.01.20-1787311826.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट समेत बाटो खुलेको छ।
रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।
रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यादवलाई सहमहामन्त्री मनोनीत गरेको हो ।