नेभिगेशन
समाज

गरिमा चौधरीको मृत्युमा ‘मिडिया ट्रायल’ र राजनीति नगरौँ, कडा कारबाहीकालागि अनुसन्धानमा सहयोग गर्नुहोस्ः गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले गरिमा चौधरीका अपराधीलाई गम्भिररुपमा अनुसन्धान भइरहेको बताएका छन् । 
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा पोष्ट गर्दै चौधरीमाथि भएको जघन्य अपराधले अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गरेका छन्। 
उनले लेखेका छन्ः
"तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले मलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको छ। एउटी सानी छोरीमाथि यस्तो अपराध भएको पीडा कुनै परिवारको मात्र होइन, हाम्रो सम्पूर्ण समाजको पीडा हो। आमाहरू, महिलाहरू र नागरिकहरूमा देखिएको आक्रोशलाई म पूर्ण रूपमा महशुस गर्न सक्छु। 
सरकार यो घटनाको पहिलो दिन देखिनै मौन छैन र निष्क्रिय पनि छैन।  घटनालाई अत्यन्त संवेदनशील रूपमा लिँदै प्रभावकारी अनुसन्धानका लागि हामीले एकछिन पनि ढिलाइ नगरि, विगतका अनुभव र कमजोरीहरूबाट पाठ सिक्दै, कुनै पनि किसिमको बाधा वा त्रुटि नहोस् भन्नेमा हामी पूर्णरूपमा सचेत भएर अनुसन्धान अगाडि बढिरहेको अवस्था छ क्ष् 🔸️आरोपितहरू तत्कालै पक्राउ गरिएको छ र अनुसन्धान जारी छ। प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

मृत्युदण्डको मागमा देखिएको आक्रोशलाई पनि म बुझ्छु। तर नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत हस्ताक्षर गरेको छ । गृह प्रशासनको मुख्य जिम्मेवारी र सीमा भनेको निष्पक्ष तथा मजबुत अनुसन्धान गर्नु हो, ताकि अनुसन्धानमा कुनै कमी नहोस्, दोषी उम्किन नपाओस् र पीडितले न्याय पाओस्। घटनाको आवेगमा राज्यले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था छैन। 
कानून,न्याय तथा संसदिय मामिला मन्त्री सोबिता गौतमले पनी सरकारमा आएपछि पहिलो निर्णय नै महिला तथा बालबालिकाविरुद्ध हुने यस्ता जघन्य अपराधमा विद्यमान कानुनी बधा हटाउने निर्णय गर्नु भएको थियो । आवश्यक कानुन संशोधनको मस्यौदा तयार भइ संसदीय प्रक्रियामा लैजाने तयारीमा छ। कानुन निर्माण रातारात हुने प्रक्रिया होइन, तर यसको अर्थ सरकार चुप बसेको छ भन्ने पनि होइन। हामी कानुनलाई अझ प्रभावकारी बनाउने काममा निरन्तर लागिरहेका छौँ।
अहिले हाम्रो पहिलो प्राथमिकता एउटै हुनुपर्छस गरिमालाई न्याय।

त्यसका लागि प्रमाण सुरक्षित हुनुपर्छ, अनुसन्धान निष्पक्ष र वैज्ञानिक हुनुपर्छ, दोषी उम्कनु हुँदैन र निर्दोष फस्नु हुँदैन। पछिल्लो समय गरिमाको अभिभावकले जाहेरी दिनुभएको आधारमा अनुसन्धानका लागि थप चारजना पक्राउ गरिएको छ।  त्यसैले यस संवेदनशील घटनालाई राजनीतिकरण वा अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगरौँ, आक्रोशले रन्थनिएर सानी नानीको लाश माथी राजनिती हुँदै पो छ की भन्ने पनी सोच्नुहोला र विगतको घटनाहरू देखि हामीले पाठ सिक्नुपर्छ। तपाईको आक्रोशले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित गर्ने कामले अन्ततः न्यायलाई नै कमजोर बनाउन सक्छ।
नागरिकको खबरदारी आवश्यक छ। सरकारमाथि प्रश्न उठाउनुहोस्, कमजोरी देखिए सचेत गराउनुहोस्, हामीलाई जवाफदेही बनाउनुहोस्। तर अनुसन्धानलाई आफ्नो काम गर्न दिऔँ ।
हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन। हाम्रा छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो।
यस घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न र भविष्यमा यस्ता अपराध रोक्ने बलियो कानुनी तथा संस्थागत व्यवस्था बनाउन सरकार प्रतिबद्ध छ।

आक्रोशलाई न्यायको शक्तिमा बदलौँ।
गरिमालाई न्याय दिलाऔँ।
हरेक छोरीका लागि सुरक्षित नेपाल बनाऔँ।"

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाका केन्द्रीय सदस्यलाई दुई दिने प्रशिक्षण सुरू

रास्वपाका केन्द्रीय सदस्यलाई दुई दिने प्रशिक्षण सुरू

आजदेखि बुढानिलकण्ठस्थित पार्क भिलेज होटलमा प्रशिक्षण सुरू भएको छ ।  नीति, संगठन र नेतृत्वबारे प्रशिक्षण दिइने रास्वपा महामन्त्री विपीन आचार्यले बताए ।
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
पानी पर्नासाथ छिमेकीको घरमा बास

पानी पर्नासाथ छिमेकीको घरमा बास

'गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्‍यायो। पहिरो लगातार गइरहेकाले घर पनि जोखिममा परेको छ। पानी पर्न सुरु हुनेबित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ,' मीनाले...
डलरको भाउ कति पुग्यो आज ?

डलरको भाउ कति पुग्यो आज ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।