नेभिगेशन
समाज

भन्सार छलिका सामाग्री खुल्लमखुल्ला विक्री वितरणः निगरानी गर्ने कस्ले ?

पश्चिम नवलपरासी । हाटबजारमा उपभोक्ताको भिड अध्यधिक हुने गर्दछ । हाटबजार पहिले घरायसी अत्यावस्यक कृर्षी उपजका सामाग्री खरिद विक्री गरिने स्थानको रुपमा परिचित थियो ।

अहिले पश्चिम नवलपरासीका हाटबजारहरुमा सिमावर्ती भारतबाट भन्सार छली गरेर ल्याईएका सामानहरु खुल्लमखुल्ला विक्रि हुने प्रमुख थलो बनेको छ।  नत ब्यापारी संग खरिद विल हुन्छ न त उपभोक्ताई विल नै दिन्छन् । उपभोक्ताको भिड भने त्यस्तै पसलेकोमा हुने गर्दछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानिय सरकारले समय समयमा हाटबजारको अनुगमन गरेका तस्विरहरु सामाजीक संजालमा देख्न पाईन्छ तर त्यस स्थानिय सरकारका अनुगमनले ब्यापारीलाई कुनै असर पर्दैन । किसानका उत्पादनको बजारीकरणका लागि सहज होस भन्ने उद्देश्यले हाटबजार संचालन गरिने भए पनि किसानका उत्पादन भन्दा बढि अरु बस्तुको ब्यापार हुने गर्दछ । बजारमा कपडा, भाडा, चिनी, घरायसी अन्य सामाग्री प्रशस्त पाईन्छ तर बिल भने पाईदैन ।  

Ncell
Extreme Energy


शुक्रबार बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा लाग्ने हाटबजारमा गज्जवको दृश्य देखियो । ब्यापारीहरु धमाधम विना विलका सामान विक्रि गरिरहेका थिए । विल खैत त ? भन्ने प्रश्नमा उनीहरुको जवाफ थियो अहिले विल छैन । पारी बाट ल्याएको सामान हो । स्वयम ब्यापारीहरुनै आफुहरुले भारतबाट विल विना सामान ल्याएर बेच्ने गरेको स्विकार गर्दछन् ।

पत्रकार संगै पुगेको बर्दघाट नगर स्तरिय उपभोक्ता हक हित संरक्षण मञ्चको टोलीले हाटबजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीले ब्यापारीहरुलाई खरिद विल देखाउन आग्रह ग¥यो तर ब्यापारीले आफुहरु संग विल नभएको बताए । आफुहरुले नै बिल नपाऊने भएपछि ग्राहकलाई पनि विल दिन सम्भव नहुने उनीहरुको भनाई थियो ।


सरकारले यतिबेला हरेक उपभोक्तालाई विल लिन आग्रह गर्दै उपहार योजना सञ्चालन गरेको छ । तर बजारमा भने अबैध भन्सार छलि गरि आएका सामाग्रीले उपभोक्ता मात्र होईन उपभोक्ता हक हित मञ्च पनि दिक्दारीमा छ । उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष धनमाया गिरी भन्छिन, "हाटबजार अबैध सामान बेच्ने अखडा जस्तै भए । यसो नहुनुपर्ने थियो ।" गिरीले आफुहरुलाई अनुगमन गर्ने र सुचना दिने बाहेक अरु कुनै अधिकार नभएको बताऊछिन् ।

13-1787384892.jpeg
 

भारत सरकारले आन्तरिक बजारमा चिनिको मुल्य नियन्त्रण गर्न र अभाव हुन नदिन नेपाल सहित अन्य मुलुकमा चिनि निर्यातका लागि रोक लगाएको छ । तर जी टु जी मार्फत भने सरकारले भित्राउने  व्यवस्था रहेको छ । अहिले सिमावर्ती भारतिय बजारबाट अबैध रुपमा चिनी भित्रिने गरेको छ । १ सय रुपैयाँ भन्दा माथिका सामानमा अनिवार्य भन्सार भने पनि सिमाबाट अबैध सामान भित्रने क्रम भने रोकिएको छैन । हाटबजारका ब्यापारीहरु खुल्लमखुल्ला भारतबाट अबैध रुपमा भित्रिएका चिनी , दाल, गेडागुडी, खाद्यान्न लगायतका सामानहरु खुल्लमखुल्ला विक्रि गरिरहेका छन् ।

6-1787384900.jpeg
 


बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले नगरपालिकाले बजार अनुगमनका ऐन निर्माण गरेको बताउँदै सोही अनुसार अनुगमन गरिने बताए। कानुन  बमोजीम अनुगमन गर्ने  गरिएको र कानुन त प्रमुख प्रशासकिय अधिकृत मार्फत कारबाहिको अधिकार रहेको उपाध्यायको भनाई छ ।   । अहिले सम्म बजारमा हुने अबैध विक्रि वितरण कन्ट्रोल नभएको भन्दै उनले नागरिकलाई महसुस गराउन नसकेको सत्य भएको बताए । उपप्रमुख उपाध्याय  "हामी त रमिते मात्र हो, समातेका हरुलाई पनि कारबाही  गर्न नसकेको अवस्था छ । कानूनले अधिकार प्रमुख प्रशासकिय अधिकृतलाई दिएको छ ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।