नेभिगेशन
समाज

बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध

वीरगन्ज । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले आज पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् ।

गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले आज चौथो दिन पनि वीरगन्ज–पथलैया सडकको सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिइरहेको प्रहरीले जनाएको छ । यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति भए पनि गरिमाको परिवारले उक्त सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका चौधरी साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन् । खोजीका क्रममा भदौ २ गते आफ्नै घर नजिकैको एक घरमा विभत्स तथा अमानवीय अवस्थामा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

Ncell
Extreme Energy

बालिका  चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग विभिन्न राजनीतिक दल र विभिन्न सङ्घसंस्थाले पनि विरोध गर्दै आएका छन् ।
---

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँका ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौँका ९२ निजी विद्यालयलाई स्पष्टीकरण

विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृतिप्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न...
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६००  दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई...
साउनमा कति भयो आयात-निर्यात ?

साउनमा कति भयो आयात-निर्यात ?

गत आवको साउनमा रु एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । साउनमा रु ३८ अर्ब ७० करोड...