नेभिगेशन
समाज

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको गस्ती टोलीले आज अपराह्न करिब ५ बजे जङ्गलमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला पारेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी निरीक्षक अनिल श्रेष्ठको नेतृत्वमा गएको टोलीले सल्लाको हाँगाले छोपेर राखिएको अवस्थामा ती बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

फेला परेका पाँचमध्ये एउटा बन्दुक पुरानो भएर भाँचिएको अवस्थामा रहेको छ। अन्य चार बन्दुक पनि लामो समयदेखि जङ्गलमा लुकाइराखिएको जस्तो देखिएको र खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

बन्दुक कसले र किन त्यहाँ लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबाबुबीच  एक घण्टादेखि छलफल

गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबाबुबीच  एक घण्टादेखि छलफल

बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया गरिमा चौधरीका आमाबाबु र गृहमन्त्री सुधन गुरुङबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ।