नेभिगेशन
समाज

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

काठमाडौं। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहनेछ। विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले सातै प्रदेशमा शिक्षा संवाद आयोजना गरेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विराटनगरबाट सुरु भएको शिक्षा संवाद सुदूरपश्चिमको धनगढीसम्म पुगेर सातै प्रदेशमा सम्पन्न भएको हो। प्रदेशस्तरीय संवादमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय तहका प्रतिनिधि, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका विषयमा छलफल गरिएको थियो।

Ncell
Extreme Energy

सातै प्रदेशबाट प्राप्त सुझाव, प्रमुख विषय तथा निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत गरी समीक्षा गर्न काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शिक्षा संवाद आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा प्रदेशस्तरीय छलफलबाट आएका सुझावका आधारमा विद्यालय शिक्षा विधेयकको मस्यौदामा समेटिनुपर्ने प्राथमिक विषयबारे थप छलफल गरिनेछ।

प्रदेशस्तरीय संवादमा शिक्षकको पेशागत विकास, विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि, पाठ्यक्रम तथा मूल्याङ्कन प्रणाली, विद्यालयको गुणस्तर सुधार तथा संघ, प्रदेश र स्थानीय तहबीचको शैक्षिक जिम्मेवारी प्रमुख विषयका रूपमा उठेका थिए।

मन्त्रालयले सातै प्रदेशबाट प्राप्त सुझाव र काठमाडौंमा हुने समग्र छलफलबाट प्राप्त थप सुझावलाई आधार बनाएर विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबाबुबीच  एक घण्टादेखि छलफल

गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबाबुबीच  एक घण्टादेखि छलफल

बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया गरिमा चौधरीका आमाबाबु र गृहमन्त्री सुधन गुरुङबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ।