नेभिगेशन
समाज

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरान । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।

धरान सबस्टेशनबाट धरान उपमहानगरपालिका, बराह क्षेत्र तथा उदयपुरसम्म विद्युत् सेवा प्रवाह हुँदै आएको छ। धरानको विद्युत् आपूर्तिलाई थप सुदृढ बनाउन नयाँ ट्रान्सफर्मर जडान तथा सबस्टेशन स्तरोन्नतिको काम अघि बढाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले प्राप्त भइसकेका ट्रान्सफर्मर तत्काल जडान गर्न निर्देशन दिएका छन्। उनले बाँकी कामसमेत तीव्र गतिमा अघि बढाएर धरानवासीलाई नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिए।

Marvel
Extreme Energy

सबस्टेशनको क्षमता विस्तार तथा स्तरोन्नतिको काम सम्पन्न भएपछि धरानको दीर्घकालीन विद्युत् आपूर्ति समस्या समाधान भई सेवा थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...