नेभिगेशन
मुख्य समाचार

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, राप्रपाको ह्विपले संकटमा सरकार

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। त्यसका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थापालाई भदौ ४ गते प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्त गरेका थिए। तर, सरकार गठनमा राप्रपाले दिएको समर्थनलाई लिएर पार्टीभित्रै विवाद भएपछि थापाको विश्वासको मत अनिश्चित बनेको छ।

Ncell
Extreme Energy

राप्रपा केन्द्रीय नेतृत्वले मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न, तटस्थ बस्न वा बैठकमै अनुपस्थित रहन आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बागमती प्रदेशसभाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार दिउँसो पार्टीका सबै प्रदेशसभा सदस्यलाई ह्विप पठाएकी हुन्।

यस्तै, नेपाली कांग्रेसले पनि मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।

राप्रपा निर्णायक

१०४ सदस्य कायम रहेको बागमती प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री थापालाई कम्तीमा ५३ मत आवश्यक पर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिष्ट पार्टीका २६ र एमालेका उपसभामुखसहित २५ सांसद छन्। राप्रपाका सांसदको मत भने अहिले निर्णायक देखिएको छ।

एमाले र नेपाली कम्युनिष्ट पार्टीको समर्थन मात्र जोड्दा मुख्यमन्त्री थापाको पक्षमा बहुमत पुग्दैन। कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको अवस्थामा राप्रपाका सांसदले पनि विपक्षमा मतदान गरे थापाले विश्वासको मत पाउने सम्भावना कमजोर हुन्छ।

त्यसैले राप्रपाका सांसदले पार्टीको ह्विप पालना गर्छन् वा सरकारलाई समर्थन गर्दै फ्लोर क्रस गर्छन् भन्ने विषयले आजको विश्वासको मतको परिणाम निर्धारण गर्नेछ।

राप्रपाले विपक्षमा मतदान गर्ने, तटस्थ बस्ने वा अनुपस्थित रहने विकल्प खुला राखेकाले मुख्यमन्त्री थापाको सरकार अहिले स्पष्ट रूपमा संकटमा परेको छ। विश्वासको मत असफल भए थापा नेतृत्वको सरकार गठन भएको केही दिनमै ढल्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालको ऐतिहासिक चन्द्र नहर पुगे ऊर्जामन्त्री श्रेष्ठ, विश्व सम्पदा सूचीमा समेट्न सिफारिस गर्ने

नेपालको ऐतिहासिक चन्द्र नहर पुगे ऊर्जामन्त्री श्रेष्ठ, विश्व सम्पदा सूचीमा समेट्न सिफारिस गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका...
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

प्रतिनिधि सभा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आज बस्दैछ ।
रास्वपा संसदीय दल विधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै

रास्वपा संसदीय दल विधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदलको बैठक बसिरहेको छ ।
मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

मधेश झर्दै सभापति लामिछाने, नेताहरुलाई देशव्यापी खटाउने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मधेश प्रदेशको यात्रामा निस्किने तयारीमा जुटेका छन् ।