नेभिगेशन
मुख्य समाचार

अभियुक्तको बयानको भिडिओ खिचेर प्रहरीले किन गर्‍यो सार्वजनिक?

काठमाडौं । छेउमा दुई प्रहरी भिडिओ खिचिरहेका छन् । बर्दीधारी एक प्रहरी हतियारसहित छन् । हतकडी लगाइरहेका किशोर घटनाको इतिवृत्तान्त बताइरहेका छन् । सँगै रहेका एक प्रहरी अभियुक्तलाई घटनाबारे थप बताउन भनिरहेका छन् ।

बारा जितपुर उपमहानगरपालिका–१ मा कहालीलाग्दो घटना घट्यो । गत साउन ३१ गतेदेखि हराइरहेकी तीन वर्षीया गरिमा चौधरी चार दिनपछि फेला परिन्। त्यो पनि बलात्कारपछि हत्या गरिएको अवस्थामा। छोरी सकुशल नै भेटिने आशमा रहेकी बाबुआमामाथि बज्रपात खनियो । छोरी क्षतविक्षत अवस्थामा देखेका बाबुआमालाई सहन गाह्रो परिरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारसँग तीन बुँदे सहमति गरेर फर्किएका उनीहरूले छोरीको अन्त्येष्टि गरेका छन् ।

Ncell
Extreme Energy

तर आँसु ओभाइसकेको छैन । उनीहरू अहिले पनि अर्धमूच्र्छित छ ।

परिवार र सिंगो समाजले व्यहोरिरहेको आलो शोकमाथि नुनचुक छर्किने गरी एउटा भिडिओ भाइरल भइरहेको छ । जहाँ प्रहरी हिरासतमा रहेका र हतकडी लगाइएका एक किशोरले बयान दिइरहेका छन् । 

प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । घटनाको सत्यतथ्य बाहिर आइसकेको छैन । बलात्कारजस्तो जघन्य अपराध, त्यसले पार्ने सामाजिक प्रभाव र विषयको संवेदनशीलताको ख्याल नगरी बयानको भिडिओ बाहिर ल्याइएको भन्दै अहिले आलोचना भइरहेको छ ।

हिरासतमा रहेका व्यक्तिका घटनाको बयान दर्शाउने भिडिओ बाहिर ल्याइएको भन्दै प्रहरी अनुसन्धान, अनुन्धानको विश्वसनीयता, घटनाप्रति अनुसन्धानकर्मीको संवेदनशीलता र न्याय सम्पादनमाथि प्रश्न उठिराखेको छ ।

यसबारे प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले पनि प्रश्न उठाएका छन् ।

बलात्कार आरोपित किशोरको बयान बलात्कार र हत्या जस्तो गम्भीर अपराधको अनुसन्धान तथा कानुनी प्रक्रिया चलिरहेको अवस्थामा अभियुक्तमाथि प्रश्न उठ्नु स्वाभाविक रहे पनि त्यसको भिडिओ नै सार्वजनिक गरिएकोप्रति उनले आपत्ति प्रकट गरेका हुन् ।

‘बलात्कार आरोपित किशोरको बयान बलात्कार र हत्या जस्तो गम्भीर अपराधको अनुसन्धान र कानुनी प्रक्रिया चलिरहेको छ भने अभियुक्तमाथि प्रश्न उठ्नु स्वाभाविक हो । सत्य बाहिर आउनुपर्छ, दोषीले कानुनअनुसार सजाय पाउनुपर्छ । तर अदालतले फैसला नगर्दै नाबालकको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु न्यायको प्रक्रिया होइन,’ उनले भनेका छन् ।

पीडित परिवारको संवेदनशीलतामा दख्खल दिने गरी अहिले भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ । जसले जो कसैलाई ट्रिगर गर्न सक्छ । पीडा दिन सक्छ । १८ वर्ष उमेर पूरा गरिनसकेका अभियुक्तको पहिचान नखुलाउन बालबालिकासम्बन्धी ऐन–२०७५ ले नै व्यवस्था गरेको छ । उक्त कानुनी व्यवस्थालाई चुनौती दिने गरी सेयर गरिएकाप्रति पनि श्रेष्ठले प्रश्न उठाएका छन् ।

‘हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन- पीडितको पीडा ‘कन्टेन्ट’ होइन । अभियुक्तको बयान ‘भाइरल सामग्री’ होइन। न्याय चाहिन्छ, तर न्यायको बाटोबाट। सत्य चाहिन्छ, तर संवेदनशीलतासहित । समाचार चाहिन्छ, तर मानवीय मर्यादा जोगाएर,’ उनले भनेका छन् ।

तर बारा घटनाका अभियुक्तको सार्वजनिक गरिएको भिडिओ बयानले यी सबैमा प्रश्न उठाएको छ । विषयको संवेदनशीलता माग गरेको छ  ।

हामीले यसबारे फौजदारी कानुन विशेषज्ञ सुवास आचार्यसँगसमेत कुरा गरेका छौं ।

उनले यो प्रकरणमा प्रहरीले विभागीय आचारसंहिताविपरीतको कार्य गरेको बताएका छन् ।

प्रहरीले अपराध गर्नेलाई कानुन वमोजिम कारवाहीको दायरामा लिने र कारवाही गर्ने बताउँदै अनुसन्धान गर्ने निकायले कानुनबाहिरको हरकत गर्न नमिल्ने बताए ।

‘प्रहरीले अपराध गर्नेलाई कानुन वमोजिम कारवाहीको दायरामा लिने हो। कारवाही गर्ने हो। तर अनुसन्धान गर्ने निकायले कानुन वाहिरको हरकत गर्न मिल्दैन । नेपालको संविधानको धारा २८ (गोपनीयताको हक), बालबालिकासम्बन्धी ऐन २०७५ (दफा २४ र २५), वैयक्तिक गोपनीयतासम्बन्धी ऐन २०७५ तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ ले कानुनको विवादमा परेका बालबालिका तथा थुनुवाको पहिचान, गोपनीयता र निष्पक्ष अनुसन्धानको अधिकार सुनिश्चित गरेकाले प्रहरी हिरासतको बयान भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्नु गोपनीयताको हनन, बाल न्यायको उल्लंघन हो । र यो विभागीय आचारसंहिता विपरीतको कार्य हो,’ उनले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हिरासतको बयान सार्वजनिक गर्नु गोपनीयताको हनन् हो : फौजदारी कानुन विज्ञ आचार्य

हिरासतको बयान सार्वजनिक गर्नु गोपनीयताको हनन् हो : फौजदारी कानुन विज्ञ आचार्य

अपराध कानुनका विज्ञ सुवास आचार्यले प्रहरी हिरासतमा लिइएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु कानुनविपरीतको कार्य भएको बताएका छन्।
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
'निम्स दाइ'को अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

'निम्स दाइ'को अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा राना मागर बेलायत प्रस्थान गरेकी छिन् ।
नेपालको ऐतिहासिक चन्द्र नहर पुगे ऊर्जामन्त्री श्रेष्ठ, विश्व सम्पदा सूचीमा समेट्न सिफारिस गर्ने

नेपालको ऐतिहासिक चन्द्र नहर पुगे ऊर्जामन्त्री श्रेष्ठ, विश्व सम्पदा सूचीमा समेट्न सिफारिस गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका...

भर्खरै