नेभिगेशन
मुख्य समाचार

हिरासतको बयान सार्वजनिक गर्नु गोपनीयताको हनन् हो : फौजदारी कानुन विज्ञ आचार्य

काठमाडौं । फौजदारी कानुन विज्ञ सुवास आचार्यले प्रहरी हिरासतमा लिइएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु कानुनविपरीतको कार्य भएको बताएका छन्।

उनका अनुसार प्रहरीले अपराधमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने भए पनि अनुसन्धान गर्ने निकायले नै कानुनबाहिर गएर काम गर्न मिल्दैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'प्रहरीले अपराध गर्नेलाई कानुनबमोजिम कारबाहीको दायरामा लिने हो। कारबाही गर्ने हो। तर अनुसन्धान गर्ने निकायले कानुनबाहिरको हरकत गर्न मिल्दैन,' आचार्यले भने।

Ncell
Extreme Energy

उनले नेपालको संविधानको धारा २८ मा रहेको गोपनीयताको हक, बालबालिकासम्बन्धी ऐन, २०७५ का दफा २४ र २५, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले कानुनी विवादमा परेका बालबालिका तथा थुनुवाको पहिचान, गोपनीयता र निष्पक्ष अनुसन्धानको अधिकार सुनिश्चित गरेको बताए।

'प्रहरी हिरासतको बयान भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्नु गोपनीयताको हनन, बाल न्यायको उल्लंघन हो। यो विभागीय आचारसंहिताविपरीतको कार्य पनि हो,' उनले भने।

आचार्यका अनुसार अनुसन्धानका क्रममा संकलित प्रमाण र बयानलाई कानुनी प्रक्रियाअनुसार सुरक्षित राख्नुपर्ने हुन्छ। अनुसन्धान प्रभावित हुने तथा सम्बन्धित व्यक्तिको अधिकारमा असर पर्ने गरी त्यस्ता सामग्री सार्वजनिक गर्नु उचित नहुने उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नागढुंगा सुरुङमार्ग निजी सवारी साधनलाई खुला, के के छ नियम ? (तस्बिरहरू)

नागढुंगा सुरुङमार्ग निजी सवारी साधनलाई खुला, के के छ नियम ? (तस्बिरहरू)

परीक्षणस्वरुप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो । यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुला गर्ने तयारी छ । ‘परीक्षणका लागि सञ्चालनमा ल्याएका छौँ...
नाबालक आरोपीको भिडिओ सार्वजनिक बारे के भन्छ प्रहरी ?

नाबालक आरोपीको भिडिओ सार्वजनिक बारे के भन्छ प्रहरी ?

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेले उक्त भिडिओ कसरी सार्वजनिक भयो भनेर अनुसन्धान भइरहेको जानकारी दिए । ‘भिडिओ कसरी सार्वजनिक भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौं’ डीएसपी...
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियाको बेलग्रेडमा असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियाको बेलग्रेडमा असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो। पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो । परराष्ट्र...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...

भर्खरै