नेभिगेशन
समाज

प्रतापपुर गाउँपालिका अध्यक्ष यादव पक्राउ

पश्चिम नवलपरासी । सरकारी छाप तथा लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव पक्राउ परेका छन् ।

नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित यादवलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा आज आत्मसमर्पण गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी दिएका थिए ।

Ncell
Extreme Energy

जाहेरीका आधारमा जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीविरुद्ध यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएका थिए ।

उच्च अदालतले साउन २९ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो ।

उच्च अदालतको आदेशविरुद्ध यादव सर्वोच्च अदालत पुगेका थिए । उनका कानुन व्यवसायीले सर्वोच्चमा रजिष्ट्रार कार्यालयबाट भएको दरपीठ आदेश बदर गरी रिट दर्ता गर्न माग गरेका थिए ।

उक्त निवेदनमाथि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रजिष्ट्रार कार्यालयले रिट दर्ता नगरेको विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था नदेखिएको भन्दै ‘नियमानुसार गर्नु’ भनी आदेश दिएको थियो ।

सर्वोच्चबाट समेत कानुनी उपचारको बाटो तत्काल नखुलेपछि यादव लामो समयदेखि भारतमा बसेको प्रहरी स्रोतको दाबी छ । राजनीतिक पहुँचका आधारमा पक्राउबाट जोगिन सक्ने अवस्था नरहेपछि उनी आज जिल्ला प्रहरी कार्यालय पुगेको स्रोतले जनाएको छ ।

यादवले आत्मसमर्पण गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर सरकारी छाप तथा लेटरप्याड कीर्ते तथा दुरुपयोगसम्बन्धी अभियोगमा आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

जनमत पार्टीले आगामी दोस्रो महाधिवेशनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण वडा तथा पालिका अधिवेशनको विवरण भदौ २१ गतेभित्र केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएको छ।
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...
मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न सांसद अरविन्द साहले गराए ध्यानाकर्षण

मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न सांसद अरविन्द साहले गराए ध्यानाकर्षण

सांसद अरविन्द साहले बारा लगायत मधेशका जिल्लामा हिंसा, बलात्कार, कुटपिट, लागूऔषध तथा वित्तीय अपराधका घटना दिनानुदिन बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
दुर्गा प्रसाईंको घरबाट के के बरामद गरेको थियो प्रहरीले ?

दुर्गा प्रसाईंको घरबाट के के बरामद गरेको थियो प्रहरीले ?

सर्वोच्चको आदेशअनुसार प्रसाईं रिहा भए पनि प्रहरीले उनलाई घर बाहिर निस्कन नदिएको पत्नी उमाको दाबी छ ।