नेभिगेशन
समाज

परराष्ट्रमन्त्री खनाल किन जाँदैछन् सर्बिया ?

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सर्बिया जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल यही भदौ १४ गते सर्बियाको राजधानी बेलग्रेड प्रस्थान गर्नेछन्। उनी बेलग्रेडमा भदौ १५ र १६ गते आयोजना हुने असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुनेछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। त्यसको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो।

Ncell
Extreme Energy

स्मरणसभामा विश्वका विभिन्न देशका नेता, प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिको सहभागिता रहनेछ।

नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अङ्गीकार गर्दै आएको छ। असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई संविधानले समेत प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ।

नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि विभिन्न शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठक तथा अन्य बैठकमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

जनमत पार्टीले आगामी दोस्रो महाधिवेशनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण वडा तथा पालिका अधिवेशनको विवरण भदौ २१ गतेभित्र केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएको छ।
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...
मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न सांसद अरविन्द साहले गराए ध्यानाकर्षण

मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न सांसद अरविन्द साहले गराए ध्यानाकर्षण

सांसद अरविन्द साहले बारा लगायत मधेशका जिल्लामा हिंसा, बलात्कार, कुटपिट, लागूऔषध तथा वित्तीय अपराधका घटना दिनानुदिन बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
दुर्गा प्रसाईंको घरबाट के के बरामद गरेको थियो प्रहरीले ?

दुर्गा प्रसाईंको घरबाट के के बरामद गरेको थियो प्रहरीले ?

सर्वोच्चको आदेशअनुसार प्रसाईं रिहा भए पनि प्रहरीले उनलाई घर बाहिर निस्कन नदिएको पत्नी उमाको दाबी छ ।