नेभिगेशन
समाज

उद्धब थापालाई पदमुक्त गर्ने पत्र दर्ता गर्न उपसभामुखले आनाकानी गरेको राप्रपाको आरोप

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य उद्धब थापालाई पदमुक्त गर्न पठाएको पत्र दर्ता गर्न उपसभामुख अप्सरा चापागाईंले आनाकानी गरेको आरोप लगाएको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले उपसभामुखबाट पत्र दर्ता गर्न आनाकानी हुनु विडम्बनापूर्ण भएको बताएकी छन्। उनले सोमबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यस विषयलाई जोडदार रूपमा उठाएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार प्रदेशसभा सदस्य थापालाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा पत्र पठाइएको छ।

Ncell
Extreme Energy

राप्रपाका अनुसार पार्टीको निर्णय र निर्देशनविपरीत थापाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीका विभिन्न सांसदको तर्फबाट समर्थनमा हस्ताक्षर गरी पत्र बुझाएका थिए। पार्टीले उक्त कार्यलाई पार्टी नीति, निर्देशन र विधानविपरीतको गम्भीर अनुशासन उल्लङ्घन ठहर गर्दै थापालाई प्रदेशसभा सदस्य पदबाट समेत पदमुक्त गर्न निर्णय गरेको जनाएको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशसभा सभामुखलाई पठाएको पत्रमा केन्द्रीय कार्यसम्पादन समितिको निर्णय, बागमती प्रदेशसभा संसदीय दलको निर्णय, संसदीय दललाई पार्टीले दिएको निर्देशन, अनुशासन समितिको स्पष्टीकरण तथा सिफारिसलगायतका कागजात संलग्न गरिएको उल्लेख छ।

पत्रमा नेपालको संविधानको धारा १८०(२) बमोजिम थापालाई बागमती प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न अनुरोध गरिएको छ।

राप्रपा बागमतीकी प्रमुख सचेतक तामाङले पार्टीले विधिसम्मत रूपमा गरेको निर्णय कार्यान्वयनका लागि प्रदेशसभामा पठाएको पत्र दर्ता गर्नै आनाकानी गर्नु संवैधानिक भूमिकामाथि प्रश्न उठाउने विषय भएको बताएकी छन्।

'निष्पक्ष संवैधानिक भूमिकाको अपेक्षा गरिएको ठाउँमा पत्र दर्ता गर्न आनाकानी गर्नु विडम्बनापूर्ण छ,' तामाङको भनाइ छ।

राप्रपाले प्रदेशसभा सचिवालयबाट पत्र दर्ता गरी संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाउन माग गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी परे पक्राउ

बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी परे पक्राउ

बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।
भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

जनमत पार्टीले आगामी दोस्रो महाधिवेशनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण वडा तथा पालिका अधिवेशनको विवरण भदौ २१ गतेभित्र केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएको छ।
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...
मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न सांसद अरविन्द साहले गराए ध्यानाकर्षण

मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न सांसद अरविन्द साहले गराए ध्यानाकर्षण

सांसद अरविन्द साहले बारा लगायत मधेशका जिल्लामा हिंसा, बलात्कार, कुटपिट, लागूऔषध तथा वित्तीय अपराधका घटना दिनानुदिन बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।