नेभिगेशन
मुख्य समाचार

मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न सांसद अरविन्द साहले गराए ध्यानाकर्षण

काठमाडौं । सांसद अरविन्द साहले बारा लगायत मधेशका जिल्लामा हिंसा, बलात्कार, कुटपिट, लागूऔषध तथा वित्तीय अपराधका घटना दिनानुदिन बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले मधेश अशान्त बन्दै जानु राज्यका लागि गम्भीर चिन्ताको विषय भएको बताए। घटना भएपछि मात्रै कारबाही गर्नेभन्दा अपराध हुन नदिन राज्यले पूर्वतयारी र रोकथाममा जोड दिनुपर्ने उनको भनाइ छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले स्थानीय भाषामा कानून, नागरिकका अधिकार तथा कानुनी कारबाहीसम्बन्धी जनचेतनामूलक अभियान तत्काल सञ्चालन गर्न सरकारसँग माग गरे।

Ncell
Extreme Energy

झै–झगडामा संलग्न दुवै पक्षलाई नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान गर्नुपर्ने, दण्डहीनताको अन्त्य गर्नुपर्ने तथा संवेदनशील क्षेत्रमा सीसीटीभी, सडक बत्ती र डिजिटल मुद्दा व्यवस्थापन प्रणाली विस्तार गर्नुपर्ने उनले बताए।

नाबालकबाट हुने अपराध न्यूनीकरणका लागि विद्यालयमा नैतिक शिक्षा, घरमा अभिभावकीय संस्कार र अपराधमा संलग्न बालबालिकाका अभिभावकलाई समेत कानुनी जिम्मेवारी सुनिश्चित गर्नुपर्ने साहको भनाइ छ।

यसका लागि ‘गाउँमा बाल न्याय तथा संरक्षण ऐन’ तत्काल ल्याउन सम्बन्धित मन्त्रालयसँग सभामार्फत उनले माग गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा अटो र बस ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

उदयपुरमा अटो र बस ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी परे पक्राउ

बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी परे पक्राउ

बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।
भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

जनमत पार्टीले आगामी दोस्रो महाधिवेशनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण वडा तथा पालिका अधिवेशनको विवरण भदौ २१ गतेभित्र केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएको छ।
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...