नेभिगेशन
समाज

भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

काठमाडौं । जनमत पार्टीले आगामी दोस्रो महाधिवेशनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण वडा तथा पालिका अधिवेशनको विवरण भदौ २१ गतेभित्र केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएको छ।

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति (केन्द्रीय सचिवालय) ले २०८३ भदौ ८ गते जारी गरेको परिपत्रमार्फत यस्तो निर्देशन दिएको हो। पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते हुँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले भदौ मसान्तसम्म कायम रहेका सबै सदस्यतालाई क्रियाशील सदस्यतामा कायम गर्ने निर्णयसमेत गरेको छ। आवश्यक शुल्क बुझाई सदस्यता नवीकरण गरेपछि मात्र महाधिवेशन प्रतिनिधि बन्न तथा महाधिवेशनमा उम्मेदवार हुन पाइने जनमत पार्टीले जनाएको छ।

Marvel
Extreme Energy

त्यस्तै, स्वास्थ्यकर्मी जनमत संघको राष्ट्रिय संयोजकमा सिरहाका प्रदीप महतोलाई जिम्मेवारी दिइएको छ।

महाधिवेशनसम्बन्धी विषयमा छलफल गर्न भदौ २२ गते सोमबार बस्ने केन्द्रीय सचिवालयको बैठकमा सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थित हुन पनि पार्टीले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...