नेभिगेशन
समाज

बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी परे पक्राउ

बारा । बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार कुमार विश्वकर्मालाई नियन्त्रणमा लिइएको डिएसपी मीनबहादुर घलेले जानकारी दिए ।

'उहाँ यही हुनुहुन्छ । अहिले सोधपुछ भइरहेको छ,' घलेले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किशोरको बयान चलिरहेका बेला बयान कक्षमै खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि प्रश्न उठेको थियो।

Ncell
Extreme Energy

भिडियोमा किशोरले घटनाबारे बयान दिइरहेको देखिन्छ।

प्रहरीले बयानको भिडियो बाहिरिएको विषयमा अनुसन्धान गर्दा भिडियो खिच्ने प्रहरीबाटै सार्वजनिक भएको हुनसक्ने देखिएपछि उनलाई पक्राउ गरिएको हो।

बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनीविरुद्ध फौजदारी कसुरमा कारबाही अघि बढाउने तयारी भइरहेको उनले बताए।

भिडियो खिच्ने क्रममा पाँच जना प्रहरीको उपस्थिति देखिएको र उनीहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उदयपुरमा अटो र बस ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

उदयपुरमा अटो र बस ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्न जनमत पार्टीको निर्देशन

जनमत पार्टीले आगामी दोस्रो महाधिवेशनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण वडा तथा पालिका अधिवेशनको विवरण भदौ २१ गतेभित्र केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएको छ।
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...
मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न सांसद अरविन्द साहले गराए ध्यानाकर्षण

मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न सांसद अरविन्द साहले गराए ध्यानाकर्षण

सांसद अरविन्द साहले बारा लगायत मधेशका जिल्लामा हिंसा, बलात्कार, कुटपिट, लागूऔषध तथा वित्तीय अपराधका घटना दिनानुदिन बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।