नेभिगेशन
समाज

उदयपुरमा अटो र बस ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

उदयपुर  । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को १ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस आपसमा ठोक्किएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी स्थानीय अस्पताल पुर्‍याएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

Marvel
Extreme Energy

उपचारका क्रममा बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार नाम, उमेर तथा ठेगाना नखुलेकी एक महिलाको बिहान ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, अटो चालक बेलका–५ मैनीका २८ वर्षीय इन्द्र थापा मगरको उपचारकै क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा बेलका–५ मैनीका १८ वर्षीय रोशन मगर र विराटनगर महानगरपालिका–१२, मोरङका १९ वर्षीय अजित गुरुङ घाइते भएका छन् । रोशनको अवस्था गम्भीर र गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा छ । बस र त्यसका चालक बेलका नगरपालिका–५ घुम्नेका करिब ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...