नेभिगेशन
मुख्य समाचार

हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको छ भने विपक्षमा २२ मत परेको सभामुख अम्मरबहादुर विष्टले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले मतदान गरेका थिए। नेपाली कांग्रेसका सांसदहरूले भने प्रस्तावको विपक्षमा मतदान गरे।

Ncell
Extreme Energy

कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। दुवै दलका सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू भने मतदानमा तटस्थ बसे। कोशी प्रदेशसभामा सभामुखसहित राप्रपाका पाँच सदस्य छन्। जनता समाजवादी पार्टी (जसपा) की एक्ली सांसद निर्मला लिम्बु भने बैठकमा अनुपस्थित रहिन्।

कोशी प्रदेशसभामा सुरुमा ९३ सदस्य रहे पनि एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको प्रदेशसभा बैठकमा भने ८३ सदस्य उपस्थित थिए।

बहुमतका लागि आवश्यक ४७ मतभन्दा बढी अर्थात् ५७ मत प्राप्त गर्दै कार्कीले सरकारको निरन्तरताका लागि प्रदेशसभाको समर्थन जुटाएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दर्ता भयो उद्धब थापालाई पदमुक्त गर्न राप्रपाले पठाएको पत्र

दर्ता भयो उद्धब थापालाई पदमुक्त गर्न राप्रपाले पठाएको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य उद्धब थापालाई पदमुक्त गर्न सभामुखसमक्ष पठाएको औपचारिक पत्र अन्ततः प्रदेशसभामा दर्ता भएको छ।
लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

हानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।
इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका केही अमर्यादित तथा अनावश्यक शब्द संसदीय अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
बडीमालिकामा पुग्यो फोर–जी सेवा

बडीमालिकामा पुग्यो फोर–जी सेवा

धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा...