नेभिगेशन
समाज

इन्दिरा रानामगर र रामबहादुर थापाका आपत्तिजनक शब्द संसद् अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका केही अमर्यादित तथा अनावश्यक शब्द संसदीय अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले २०८३ भदौ १ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्द अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, २०८३ भदौ ३ गतेको बैठकमा नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्दसमेत संसदीय अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिएका छन्।

Ncell
Extreme Energy

सभामुख अर्यालले ती शब्दहरू अमर्यादित तथा अनावश्यक भएकाले अभिलेखबाट हटाउन निर्देशन दिएको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

प्रतिपक्षी कांग्रेसको अवरोध गर्ने चेतावनी र नेकपाका केही सांसदको अनुपस्थितिका कारण प्रदेश सभा बैठकको समय सारिएको छ ।
दर्ता भयो उद्धब थापालाई पदमुक्त गर्न राप्रपाले पठाएको पत्र

दर्ता भयो उद्धब थापालाई पदमुक्त गर्न राप्रपाले पठाएको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य उद्धब थापालाई पदमुक्त गर्न सभामुखसमक्ष पठाएको औपचारिक पत्र अन्ततः प्रदेशसभामा दर्ता भएको छ।
लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

हानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।