नेभिगेशन
मुख्य समाचार

दर्ता भयो उद्धब थापालाई पदमुक्त गर्न राप्रपाले पठाएको पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य उद्धब थापालाई पदमुक्त गर्न सभामुखसमक्ष पठाएको औपचारिक पत्र अन्ततः प्रदेशसभामा दर्ता भएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पत्र प्रदेशसभा सचिवालयमा केहीबेर अघि दर्ता भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रेष्ठले सामाजिक सञ्जालमार्फत अदालतले समेत उक्त विषयमा भदौ १० गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएको जानकारी दिएका छन्।

Ncell
Extreme Energy

राप्रपाले पार्टीको निर्णय र निर्देशनविपरीत काम गरेको भन्दै थापालाई प्रदेशसभा सदस्य पदबाट हटाउन माग गर्दै सभामुखसमक्ष पत्र पठाएको थियो।

थापाले बागमती प्रदेशको मुख्यमन्त्री चयनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत समर्थन गरेको भन्दै राप्रपाले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले थापालाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न निर्णय गरेपछि त्यससम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पठाइएको थियो। उपसभामुख अप्सरा चापागाईंले पत्र दर्तामा ढिलाइ गरेको भन्दै राप्रपाले आपत्ति जनाउँदै आएको थियो।

अब पत्र प्रदेशसभामा दर्ता भएसँगै थापाको पदमुक्तिसम्बन्धी प्रक्रिया अघि बढ्नेछ। तर, यसै विषयमा अदालतमा समेत विवाद पुगेकाले प्रदेशसभाको प्रक्रिया र अदालतको आदेशले घटनाक्रमलाई थप प्रभाव पार्ने देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

‘पुनर्गठन भन्नेबित्तिकै अध्यक्ष नै हटाउन खोजेजस्तो बुझियो। हामी अहिले राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन गर्न गइरहेका छैनौं । यी प्रक्रिया भर्खर पूरा गरेर आएका छौं । विशेष महाधिवेशनको पनि...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

प्रतिपक्षी कांग्रेसको अवरोध गर्ने चेतावनी र नेकपाका केही सांसदको अनुपस्थितिका कारण प्रदेश सभा बैठकको समय सारिएको छ ।
लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर (तस्बिरहरू)

हानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।