नेभिगेशन
समाज

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्नेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निधेष तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Ncell
Extreme Energy

यसैबीच, बिहान १०ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रास्वपामा नेताहरुको मूल्यांकनको नयाँ मापदण्ड

रास्वपामा नेताहरुको मूल्यांकनको नयाँ मापदण्ड

राष्ट्रिय स्वतन्त्र पार्टीले नेताहरुको कार्यसम्पादन मूल्यांकनमा नयाँ मापदण्ड लागु गरेको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले ल्याएको गुप्तचरसम्बन्धी विधेयक समितिमा पठाउने कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले ल्याएको गुप्तचरसम्बन्धी विधेयक समितिमा पठाउने कार्यसूची

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

भर्खरै