नेभिगेशन
समाज

खाल्डाखुल्डी पुर्ने सडक एम्बुलेन्स ! (तस्बिरकथा)

काठमाडौं । मध्य वर्षातको बेला छ । झमझम झरी परिरहेको हुन्छ । सडकमा पानी भरीभराउ हुन्छ ।

तलाउ बनेको सडकमा कहाँ कुन सवारी खस्छ, दुर्घटना हुन्छ, यसै भन्न सकिँदैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही समयअघि कीर्तिपुरमा यस्तै खाल्डामा परेर एक साइकल यात्रीको अनाहकमा ज्यान गयो ।

Ncell
Extreme Energy

अब यस्तो समस्या अन्त्य गर्न सडक डिभिजन कार्यालय काठमाडौं नयाँ तरिका अपनाएको छ । उसले प्रविधिमैत्री तरिका अपनाएको हो ।

काठमाडौं उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक डिभिजन कार्यालय काठमाडौंले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको बताएको छ ।

सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले खाल्डाखुल्डी मर्मत अभियानलाई तीव्रता दिएको उसले बताएको छ । कार्यालयका अनुसार चक्रपथभित्रका सडकको मर्मतलाई प्राथमिकता दिएर काम गरिसकेपछि अहिले चक्रपथबाहिरका सडकमा मर्मत केन्द्रित गरिएको छ।

सवारीसाधनको चाप कम हुने रातको समयसमेत उपयोग गर्दै मर्मत कार्य अघि बढाइएको कार्यालयले जनाएको छ। सोमबार साँझ नारायणगोपाल चोक–बुढानीलकण्ठ सडकखण्डअन्तर्गत गोल्फुटार, हात्तीगौंडालगायत क्षेत्रमा सडकका क्षतिग्रस्त भाग मर्मत गरिएको थियो।

सडकमा खाल्डाखुल्डी देखिएलगत्तै प्राविधिक टोलीसहितको ‘सडक एम्बुलेन्स’ सम्बन्धित स्थानमा पुगेर तत्काल मर्मत गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ। कार्यालयले यस्तो सेवामार्फत काठमाडौंका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखेको छ।

‘सडक एम्बुलेन्स’ वर्षभरि ३६५ दिन चौबीसै घण्टा सञ्चालन गर्ने योजना रहेको कार्यालयले जनाएको छ। एम्बुलेन्समा खाल्डो काट्ने, हावा तथा पानीको प्रयोग गरी सफा गर्ने, इमल्सन तताउने तथा छर्कनेलगायत सडक मर्मतका लागि आवश्यक उपकरण जडान गरिएको छ। मर्मतका लागि तालिमप्राप्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।

त्यस्तै, सडक मर्मत आवश्यक पर्ने स्थान पहिचान तथा जानकारी संकलनका लागि कार्यालयले ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। एपमार्फत प्राप्त जानकारीका आधारमा सम्बन्धित टोलीलाई परिचालन गरी तत्काल मर्मत गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

काठमाडौंलाई पाइलट परियोजनाका रूपमा लिएर सुरु गरिएको यो अभियान प्रभावकारी भएमा देशका अन्य सडक डिभिजनमा समेत विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ। सडक एम्बुलेन्स परिचालनपछि आकस्मिक रूपमा देखिने खाल्डाखुल्डी तत्काल मर्मत गर्न सहज हुने अपेक्षा गरिएको छ।

IMG-20260825-WA0020-1787630514.jpg

IMG-20260825-WA0035-1787630513.jpg

IMG-20260825-WA0033-1787630510.jpg

IMG-20260825-WA0046-1787630509.jpg

IMG-20260825-WA0042-1787630506.jpg

IMG-20260825-WA0010-1787630505.jpg

IMG-20260825-WA0027-1787630501.jpg

IMG-20260825-WA0027-1787630501.jpg

IMG-20260825-WA0044-1787630497.jpg

IMG-20260825-WA0014-1787630496.jpg

IMG-20260825-WA0013-1787630493.jpg

IMG-20260825-WA0039-1787630493.jpg

IMG-20260825-WA0025-1787630488.jpg

IMG-20260825-WA0040-1787630488.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।
संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

पूर्वउपभामुख एवं रास्वपा सांसद इन्दिरा राना मगर र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच विवाद चर्किएको छ ।