नेभिगेशन
मुख्य समाचार

सबल अर्थतन्त्रबिना लोकतन्त्र बलियो हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो अर्थतन्त्रबिना नेपालको लोकतान्त्रिक व्यवस्था सबल र दिगो हुन नसक्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले राज्यव्यवस्थाको जग नै अर्थतन्त्र भएकाले लोकतान्त्रिक तथा समाजवादउन्मुख राज्यव्यवस्था सुदृढ बनाउन आर्थिक विकासमा विशेष जोड दिनुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेपालका लोकतान्त्रिक दलहरूले लामो समयदेखि अर्थ–राजनीतिक प्रश्नमा पर्याप्त ध्यान दिन नसकेको टिप्पणी गरेका छन् ।

Ncell
Extreme Energy

पोखरेलले पूर्वाधार र सूचना प्रविधिको विकाससँगै नागरिकको जीवनस्तर तथा उपभोगको चाहना बढे पनि नेपालको आर्थिक विकासले त्यसलाई पछ्याउन नसकेको बताएका छन् । उनका अनुसार वस्तु तथा सेवाको अधिकतम उपभोग गर्ने प्रवृत्तिले आर्थिक अभाव बढाउँदै लगेको छ ।

यही आर्थिक अभावका कारण समाजमा भ्रष्टाचार, अपराध, कालोबजारी र तस्करी मौलाएको तथा त्यसबाट ‘दलाल नोकरशाही पुँजीवाद’ले थप अवसर पाएको पोखरेलको दाबी छ ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावका कारण पैतृक सम्पत्तिको क्षय हुनुका साथै युवाको विदेश पलायनसमेत तीव्र बनेको उनले उल्लेख गरेका छन् ।

‘अबको बाटो’बारे उनले स्वाधीन र सबल अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । गम्भीर आर्थिक तथा सामाजिक समस्याको समाधानका लागि अर्थ–राजनीतिमा जोड दिनुको विकल्प नरहेको उनको भनाइ छ ।

‘स्वाधीन र सबल अर्थतन्त्र’को अभावमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र सबल र दिगो हुन नसक्ने पोखरेलले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।
संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

पूर्वउपभामुख एवं रास्वपा सांसद इन्दिरा राना मगर र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच विवाद चर्किएको छ ।