नेभिगेशन
समाज

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।

थापाले गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक नै नबसेको दाबी गर्दै बैठक नबसी तीन जना सांसदहरूलाई पदमुक्त गर्ने निर्णय कसरी आयो भन्ने प्रश्न उठाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सार्वजनिक भएको निर्णयपत्रमा कुन मितिमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो भन्ने उल्लेख नभएको भन्दै उक्त पत्रको आधिकारिकतामाथिसमेत प्रश्न गरेका छन् ।

Ncell
Extreme Energy

‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन । यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु,’ थापाले भनेका छन् ।

उनले निर्णयपत्रमा बैठकको मिति उल्लेख नभएको भन्दै ‘फेक हो कि भन्ने पनि लाग्छ’ भनेका छन् ।

‘यो सत्य नहोस्,’ थापाले प्रतिक्रिया दिएका छन् । 

राप्रपाले सोमबार पार्टीको निर्देशन र ह्विप उल्लंघन गरेको भन्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने निर्णय गर्दै प्रदेश सभालाई पत्र पठाएको थियो ।

राप्रपाका अनुसार पार्टीको पटकपटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिसमा पदमुक्त गरिएको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार तीनै जनालाई पदमुक्त गरिएको सम्बन्धी पत्र सोमबार नै बागमती प्रदेशसभाका उपसभामुखलाई जानकारी गराइएको छ ।

उक्त पत्र उपसभामुखको आदेशमा प्रदेशसभा सचिवालयमा दर्तासमेत भएको श्रेष्ठले जानकारी दिए ।

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौंमा सुरु भयो  १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौंमा सुरु भयो १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ ।
सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।