नेभिगेशन
समाज

अनलाइनबाटै कर्मचारी सरूवा व्यवस्थापन प्रणालीले उपसचिवलाई दिएको खुसी

काठमाडौं । पदमप्रसाद बजगाईं नेपाल सरकारका उपसचिव हुन् । उनले २७ वर्ष निजामती सेवामा बिताइसकेका छन् ।

सेवाका दौरान उनले तराई, भित्री मधेसदेखि देशको सुदूरपूर्वी भूगोलसमेत छिचोलेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२७ वर्षे जागिरको अवधिमा उनले तराईको जनकपुर, मोरङ, हिमाली जिल्लाको ३४०० मिटर उचाइको नाम्चेसम्म पुगेर सेवा दिए ।

Ncell
Extreme Energy

यसप्रति उनको गुनासो हुने कुरा भएन । किनभने उनी जागिर नै यसका लागि खाएका थिए । तोकेको काम गर्नु उनीहरूको पदीय जिम्मेवारी नै हो ।

र त बजगाईं सेवाका लागि भित्री मधेसको हेटौँडा, चितवन, सुर्खेतमा पनि सेवाका लागि पुगेका छन् ।

बजगाईंका अनुसार उनको तीन जनाको परिवार छ । त्यसमध्ये दुई जना निजामती सेवामै छन् । पत्नी पनि निजामती सेवामा हुँदा बालबच्चाको बिजोग हुने भयो ।

सेवाका क्रममा पारिवारिक जिम्मेवारीले गाँज्दा उनले पटकपटक सरूवाका लागि तालुकवाला निकायमा अनुरोध गरेका थिए । 

‘यसअघि बाहिर टन्नै बसेकै हो, अब दुई वर्ष त हो भनेर सुर्खेत गइयो, २०७९ मा । त्यसपछि मोफसल हेटौँडा, चितवन बसियो । यस बीचमा सबै संघ–संगठन तथा चिनेजानेका जिल्लाका ठूला पदकाहरू, जागिरमा जिउहजुर भनेर मानेकाहरू सबैलाई बिन्ती बिसाए पनि घरपायक (काठमाडौं उपत्यका ) सरूवा फलामको चिउरा जत्तिकै भएको थियो,’ उनले त्यतिबेलाको कटु अनुभव सुनाउँदै भनेका छन् ।
पछिल्लो पटक २०८१ चैत १ गतेदेखि आफ्नै जन्मभूमि खाँदबारीले बोलाएको उनले बताए । 

उनले त्यहाँ पनि १६ महिना अवधि बिताए । 

‘त्यहाँ सोचेजति गर्न सकिनँ तर केही सकेको गरेँ होला मूल्यांकन हजुरहरूको,’ उनले भनेका छन् ।

सेवा अवधिको उत्तरार्धमा सरकारले अघि सारेको एउटा नीतिले आफूलाई खुसी दिलाएको उनको भनाइ छ । सरकारले पपिछल्लोपटक अनलाइनबाटै कर्मचारी सरूवा व्यवस्थापन प्रणाली सुरू गरेको छ । जहाँ कर्मचारीले घरमै बसीबसी आवेदन दिन सक्नेछन् । तालुकवाला निकायले प्राथमिकताका आधारमा निवेदनमाथि प्रक्रिया अघि बढाउने छ।

‘अहिले वर्तमान सरकारले मेरा लागि अनलाइन सिस्टमबाटै घरपायक (चिकित्सा शिक्षा आयोगमा) जागिर गर्ने मौका जुरायो । यसप्रति माननीय प्रतिभा रावल मन्त्रीज्यूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ उनले खुसी व्यक्त गर्र्दै भनेका छन् । 

c0b10fe0-b9b5-4964-a41f-d889abfbf53b-1787638190.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनले किन लगाउँछन् कालो चस्मा ?

बालेनले किन लगाउँछन् कालो चस्मा ?

प्रधानमन्त्रीले सचिवालयमा उपलब्ध गराएको विवरण अनुसार, उनलाई उज्ज्यालोमा हेर्न असहज हुन्छ । उनले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए, जहाँ लेफ्टिनेट कर्णेल...
काठमाडौंमा सुरु भयो  १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौंमा सुरु भयो १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ ।
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।