नेभिगेशन
मुख्य समाचार

काठमाडौंमा सुरु भयो १८औँ संस्करणको नाडा अटो शो (तस्बिरहरू)

काठमाडौं  । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मंगलबार अटो शोको उद्घाटन गरेका हुन् ।

अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधन प्रदर्शनमा राखिएका छन् । कमर्सियल सेग्मेन्टअन्तर्गत ईभी माइक्रो, भ्यानदेखि ठूला व्यावसायिक सवारीसाधनसमेत प्रदर्शनीमा राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायतका ब्रान्डका विभिन्न मोडल प्रदर्शनीमा छन् । यस्तै, रोयल इन्फिल्ड, यामाहा र होन्डालगायतका दुईपांग्रे सवारीसाधनका ब्रान्डको समेत सहभागिता रहेको छ ।

Ncell
Extreme Energy

यसपटकको अटो शोमा नेपालमै बनेको सिप्रदी–यात्री नेपालको विद्युतीय सवारीसाधन ‘यात्री पी–२’ समेत प्रदर्शनमा राखिएको छ । अटोमोबाइल क्षेत्रका विभिन्न अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिज कम्पनीहरूको पनि उल्लेख्य सहभागिता रहेको छ ।

नाडाका अनुसार प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहेका छन् । बैंक तथा वित्तीय संस्थाका १० वटाभन्दा बढी स्टलसमेत अटो शोमा राखिएका छन् ।

आजदेखि सुरु भएको अटो शो भदौ १४ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी अवधिमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत बहस, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारीसाधनको बढ्दो आगमन तथा रोजगारीका विषयमा विभिन्न छलफल कार्यक्रम आयोजना गरिने नाडाले जनाएको छ ।

तस्बिर : सुर्यम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

NADA-Auto-Show_NPL-(4)-1787638456.JPG

NADA-Auto-Show_NPL-(10)-1787638454.JPG

NADA-Auto-Show_NPL-(2)-1787638454.JPG

NADA-Auto-Show_NPL-(5)-1787638452.JPG

NADA-Auto-Show_NPL-(1)-1787638452.JPG

NADA-Auto-Show_NPL-(11)-1787638451.JPG

NADA-Auto-Show_NPL-(01)-1787638451.JPG

NADA-Auto-Show_NPL-(13)-1787638449.JPG

NADA-Auto-Show_NPL-(14)-1787638449.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनले किन लगाउँछन् कालो चस्मा ?

बालेनले किन लगाउँछन् कालो चस्मा ?

प्रधानमन्त्रीले सचिवालयमा उपलब्ध गराएको विवरण अनुसार, उनलाई उज्ज्यालोमा हेर्न असहज हुन्छ । उनले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए, जहाँ लेफ्टिनेट कर्णेल...
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।