नेभिगेशन
मुख्य समाचार

जसपाले लुम्बिनीका तीन सांसदलाई पुन: सोध्यो स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका तीन सांसदहरूलाई २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै यसअघि सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको निष्कर्ष निकाल्दै जसपाले भण्डारीलाल अहिर, हेमा बेल्वासे केसी र सन्तोषकुमार पाण्डेयलाई पुनः स्पष्टीकरण सोधेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसपाले २०८३ भदौ १ गते लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न तथा सरकारको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको जनाएको छ । तर पार्टी निर्देशनविपरीत सांसदहरूले प्रदेश सरकारको पक्षमा मतदान गरेको पार्टीको दाबी छ ।

Ncell
Extreme Energy

त्यसपछि पार्टीले अनुशासन उल्लंघन गरेको भन्दै भण्डारीलाल अहिर, हेमा बेल्वासे केसी र सन्तोषकुमार पाण्डेयसँग सात दिनभित्र स्पष्टीकरण मागेको थियो । सांसदरूबाट प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय र निर्देशनको भावनासँग मेल नखाने तथा उठाइएका प्रश्नको चित्तबुझ्दो जवाफ नआएको जसपाले जनाएको छ ।

पार्टी महासचिव डा. सुरेन्द्रकुमार झाले हस्ताक्षर गरेको भदौ ९ गतेको पत्रमा सांसदहरूलाई तीन विषयमा पुनः स्पष्टीकरण दिन भनिएको छ ।

पत्रमा पार्टीको स्पष्ट निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी पार्टी निर्णयको अवज्ञा गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने भन्नेबारे जवाफ मागिएको छ ।

यस्तै, पार्टीको नीति, निर्णय र निर्देशनविपरीत पार्टी सदस्यले कार्य गर्न मिल्ने वा नमिल्नेबारे आफ्नो स्पष्ट धारणा पेस गर्न तथा पार्टी निर्देशनको अवज्ञा गरी गरिएको कार्यलाई पार्टी विधान तथा प्रचलित निर्णयअनुसार कसरी लिनुपर्ने हो भन्नेबारे समेत स्पष्ट पार्न भनिएको छ ।

जसपाले २४ घण्टाभित्र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा पेस गरिएको स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएमा पार्टी विधान तथा प्रचलित निर्णयबमोजिम आवश्यक अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत पत्रमा दिइएको छ ।

जसपाले पार्टीको नीति, निर्णय र निर्देशन पालना गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व रहेको स्मरण गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान इस्कुसखेतीमा रमाउन थालेको ३५ वर्ष नाघेको छ।
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीले काठमाडौंको चौमतीबाट पक्राउ गरेको छ।
प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने भएका छन्।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।