नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने भएका छन्।

प्रश्नोत्तरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समीक्षा बाँस्कोटा, अमरेशकुमार सिंह र कृष्णहरि बुढाथोकी रहेका छन्। नेपाली कांग्रेसबाट वासना थापा र गीता गुरुङले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना, नेकपाबाट वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्नेछन्।

Ncell
Extreme Energy

श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीले पनि प्रधानमन्त्री शाहसँग प्रश्न गर्ने भएका छन्।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सरकारका कामकारबाही, नीतिगत निर्णय तथा समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारी गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन्। आफ्नो जवानी, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन्।
घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान इस्कुसखेतीमा रमाउन थालेको ३५ वर्ष नाघेको छ।
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीले काठमाडौंको चौमतीबाट पक्राउ गरेको छ।
जसपाले लुम्बिनीका तीन सांसदलाई पुन: सोध्यो स्पष्टीकरण

जसपाले लुम्बिनीका तीन सांसदलाई पुन: सोध्यो स्पष्टीकरण

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका तीन सांसदहरूलाई २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।