नेभिगेशन
मुख्य समाचार

स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीले काठमाडौंको चौमतीबाट पक्राउ गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिनियाँ नागरिकले घर भाडामा लिएर बसी लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन्।

Ncell
Extreme Energy

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार काठमाडौं महानगरपालिका–१५ चौमतीस्थित भाडाको घरबाट ५२ वर्षीय मा यागुबीलाई पक्राउ गरिएको हो। उनको साथबाट स्रोत नखुलेको नेपाली नगद ३१ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट ३१ लाख रुपैयाँ नगदका अतिरिक्त राहदानी, सुन काट्न प्रयोग गरिने कैंची एक थान, ह्यामर एक थान, डिजिटल तराजु एक थान, क्याल्कुलेटर एक थान र विभिन्न कम्पनीका चार थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

यस्तै, एनआईएमबी बैंकको दुई थान चेकबुक र एनआईसी एसिया बैंकको एक थान चेकबुकसमेत बरामद भएको ब्युरोले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका यागुबी यसअघि हालसम्म ६ पटक नेपाल आइसकेका छन्। पछिल्लो पटक उनी जुलाई २३, २०२६ मा नेपाल प्रवेश गरेको अभिलेखबाट देखिएको ब्युरोले जनाएको छ।

प्रहरीले बरामद नगद तथा अन्य सामग्रीको स्रोत र उनी संलग्न रहेको भनिएको कारोबारबारे थप अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका यागुबीलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको ब्युरोले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।
सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

आउँदो भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको व्यवस्थापन तयारी सुरु भएको छ।
वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन्। आफ्नो जवानी, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन्।
घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान इस्कुसखेतीमा रमाउन थालेको ३५ वर्ष नाघेको छ।