नेभिगेशन
समाज

सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

काठमाडौं । आउँदो भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको व्यवस्थापन तयारी सुरु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेलाको व्यवस्थापनका लागि ललितपुर महानगरपालिका–११ ले तयारी अघि बढाएको वडाध्यक्ष अरुजु कुमार खड्गीले जानकारी दिए। उनका अनुसार अहिले मन्दिर परिसर आसपास सरसफाइ, रंगरोगन तथा मर्मतसम्भारका काम भइरहेका छन्।

Ncell
Extreme Energy

जनैपूर्णिमाका दिन मेला भर्न आउने भक्तजनले मन्दिर परिसरमा रहेको कुण्डमा स्नान गर्ने भएकाले कुण्डमा पानी भर्ने कामसमेत भइरहेको वडाध्यक्ष खड्गीले बताए।

कुम्भेश्वर मन्दिर परिसरमा रहेको कुण्डमा भगवान् श्रीरामले बाण प्रहार गरी गोसाइँकुण्डको पानी प्रवाह गराएको किंवदन्ती रहेको छ। यही धार्मिक विश्वासका कारण जनैपूर्णिमाका दिन कुम्भेश्वरमा स्नान गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्छ।

मेलालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्काउट परिचालन गरिने वडाध्यक्ष खड्गीले जानकारी दिए। भक्तजनको आवागमनलाई सहज बनाउन गेट नम्बर १, २, ३ र ४ बाट छुट्टाछुट्टै लाइनको व्यवस्था गरिने उनले बताए।

सनातन हिन्दू तथा बौद्ध धर्मावलम्बीले कुम्भेश्वरलाई बज्रपाणी लोकेश्वरका रूपमा समेत पूजा गर्ने गर्छन्। हरेक वर्ष जनैपूर्णिमाका अवसरमा कुम्भेश्वरमा ठूलो मेला लाग्ने र देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता, सुशासन र समृद्ध बागमती प्रदेश निर्माण गर्ने साझा उद्देश्यसहित बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि सत्ता साझेदार दलहरूबीच समझदारी भएको छ।
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।
वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन्। आफ्नो जवानी, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन्।