नेभिगेशन
समाज

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

बागलुङ । कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पर्वततर्फको भागमा कटान भएको हो। पुलको पिल्लर छेउको जमिन नदीले कटान गरेपछि जोखिम बढेको छ। कटान भएको भाग अहिले त्रिपालले ढाकेर राखिएको छ।

Ncell
Extreme Energy

चार वर्षअघि पनि कालीगण्डकीले पुलको जगमा क्षति पुर्‍याएपछि संरक्षणका लागि पर्खाल निर्माण गरिएको थियो। तर नदीमा आएको बाढीले उक्त पर्खालसमेत बगाएको थियो।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यो पुल जोखिममा परेपछि दैनिक आवतजावत गर्ने हजारौँ यात्रु प्रभावित हुने अवस्था छ। कालीगण्डकीमा पानीको बहाव बढ्दा पुलको तल्लो पिल्लरको जग नै कटानले बगाउने जोखिम रहेको स्थानीय बताउँछन्।

पुललाई सुरक्षित राख्न तत्काल नदी नियन्त्रण तथा संरक्षणको काम गर्नुपर्ने देखिएको छ। स्थानीयका अनुसार नदीको धार नै परिवर्तन गरेर पुलको जग संरक्षण नगरे थप क्षति हुन सक्छ।

मालढुङ्गा पुल हुँदै बागलुङसँगै म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालका जिल्लातर्फ दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्।

पुल जोखिममा परेसँगै मालढुङ्गा बजार र आसपासका घरसमेत नदी कटानको जोखिममा परेका छन्। समयमै संरक्षणको काम अघि नबढाए पुलसँगै बजार क्षेत्रसमेत प्रभावित हुन सक्ने स्थानीयको चिन्ता छ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(4)-1787656666.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(1)-1787656665.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(2)-1787656664.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(3)-1787656662.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(5)-1787656663.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(9)-1787656662.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(7)-1787656661.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(6)-1787656660.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(8)-1787656658.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(10)-1787656659.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(12)-1787656657.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(13)-1787656657.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(14)-1787656655.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(11)-1787656655.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(15)-1787656653.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(15)-1787656653.JPG

Maldhunga-Pool-Baglung-&-Parbat_NPL_Dammar-Budha-Magar-(16)-1787656653.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता, सुशासन र समृद्ध बागमती प्रदेश निर्माण गर्ने साझा उद्देश्यसहित बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि सत्ता साझेदार दलहरूबीच समझदारी भएको छ।
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।
सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

आउँदो भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको व्यवस्थापन तयारी सुरु भएको छ।
वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन्। आफ्नो जवानी, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन्।