नेभिगेशन
समाज

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महर्जनले उपत्यकाको फोहोर व्यवस्थापन स्थानीय तहले मात्रै गर्न नसक्ने स्पष्ट पारे। उनले वैज्ञानिक अध्ययन तथा अनुसन्धानका आधारमा दीर्घकालीन योजना बनाएर संघीय सरकारले नै त्यसको कार्यान्वयनमा नेतृत्व लिनुपर्नेमा जोड दिए।

Ncell
Extreme Energy

संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिए पनि काठमाडौं उपत्यकाका १८ स्थानीय तहले छुट्टाछुट्टै फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्नु व्यावहारिक नहुने उनको भनाइ छ।

विगतमा तत्कालीन सात नगरपालिकाका लागि सरकारले सिसडोलमा फोहोर व्यवस्थापनको व्यवस्था गरेकाले अहिले पनि संघीय सरकारकै नेतृत्व आवश्यक रहेको महर्जनले बताए।

संघीय सरकारले सिसडोल र बञ्चरेडाँडाको व्यवस्थापन प्रभावकारी रूपमा गर्न नसक्दा समस्या बढ्दै गएको उनको टिप्पणी छ। सरकारले नेपवेस्ट र फिनिस कम्पनीसँग गरेको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता हालसम्म कार्यान्वयनमा नआएकाले स्थानीय तहलाई कानुनी जटिलता थपिएको उनले बताए।

सिसडोल र बञ्चरेडाँडामा फोहोरका कारण स्थानीय बासिन्दा प्रभावित भइरहेको स्वीकार गर्दै महर्जनले फोहोर व्यवस्थापन गर्ने क्षेत्र र बस्तीलाई एउटै ठाउँमा राख्न नहुने बताए। प्रभावित बस्तीको स्थानान्तरण तथा वैकल्पिक व्यवस्थापनका लागि संघीय सरकारले थप अध्ययन गरी नेतृत्व लिनुपर्नेमा उनले जोड दिए।

उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन शाहलाई भेटेर फोहोर व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउने भएको छ।

मंगलबार बसेको फोरमको बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय माग गर्ने निर्णय गरेको हो। भेटमा फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापनलगायतका विषयमा ध्यानाकर्षण गराउने फोरमले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता, सुशासन र समृद्ध बागमती प्रदेश निर्माण गर्ने साझा उद्देश्यसहित बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि सत्ता साझेदार दलहरूबीच समझदारी भएको छ।
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।
सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

आउँदो भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको व्यवस्थापन तयारी सुरु भएको छ।
वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन्। आफ्नो जवानी, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन्।