नेभिगेशन
मुख्य समाचार

सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

हेटौँडा। संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता, सुशासन र समृद्ध बागमती प्रदेश निर्माण गर्ने साझा उद्देश्यसहित बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि सत्ता साझेदार दलहरूबीच समझदारी भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल कम्युनिस्ट पार्टी, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रदेश सरकार गठन तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको हो।

Ncell
Extreme Energy

समझदारीपत्रमा नेपालको संविधानले अंगीकार गरेका मूल मान्यतालाई अवलम्बन गर्दै समृद्ध बागमती प्रदेश निर्माणमा साझा प्रतिबद्धता जनाइएको छ।

सरकार गठनका क्रममा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँट गर्ने र मन्त्रालयको संख्या साविक आठभन्दा नबढाउने सहमति भएको छ। प्रदेश सभाको रिक्त सभामुख पद नेकपाबाट निर्वाचित गर्ने समझदारीसमेत भएको छ।

प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरी आगामी सात दिनभित्र सार्वजनिक गर्ने सहमति भएको छ। त्यसका लागि सात सदस्यीय समिति गठन गरिएको छ। समितिमा नेपाल कम्युनिस्ट पार्टीका तीन, एमालेका दुई र राप्रपाका दुई सदस्य छन्।

सरकार सञ्चालनका विषयमा आवश्यक सल्लाह, सुझाव र समन्वय गर्न सुरुमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्ने समझदारी भएको छ।

मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने र मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेपाल कम्युनिस्ट पार्टी र त्यसपछि राप्रपाको प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

समझदारीपत्रमा राप्रपा संसदीय दलका नेता उद्धव थापा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशसभा दलका नेता शालिकराम जम्कट्टेल र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हस्ताक्षर गरेका छन्।

786756268_1061405759600619_8425393117810382017_n-1787658343.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएका महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएका महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।
सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

आउँदो भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको व्यवस्थापन तयारी सुरु भएको छ।