नेभिगेशन
मुख्य समाचार

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ५७ जना सांसदले नै मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेशसभामा विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक थियो। तर, मुख्यमन्त्री थापाले उपस्थित सबै ५७ सांसदको समर्थन पाए। प्रस्तावको विपक्षमा कुनै मत परेन।

Marvel
Extreme Energy

उपसभामुख अप्सरा चापागाईंले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको घोषणा गरिन्।

१०४ सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा सत्तारूढ तीन दलका सांसद मात्रै सहभागी भएका थिए। नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद बैठकमा उपस्थित भएनन्। सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच सांसदले पनि बैठक बहिष्कार गरे।

मुख्यमन्त्री थापालाई नेपाली कम्युनिस्ट पार्टीका २६, नेकपा एमालेका २५ र राप्रपाका सात सांसदले विश्वासको मत दिएका हुन्। एमालेका उपसभामुखसहित २५ सांसद रहेकामा उपसभामुखले मतदानमा भाग लिइनन्।

राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरे।

मुख्यमन्त्री नियुक्ति र सरकारलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विवाद रहँदै आएको छ। राप्रपा केन्द्रले सरकारलाई समर्थन गर्ने निर्णय गरेका संसदीय दलका नेता उद्धव थापासहित मन्त्री बनेका तीन जनालाई कारबाहीसमेत गरेको छ। उनीहरूलाई पदमुक्त गर्न राप्रपाले सोमबार प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो।

राप्रपाका १२ सांसदमध्ये सात जना सरकारको पक्षमा उभिएपछि संसदीय दलमा उद्धव थापा बहुमतमा देखिएका छन्। बाँकी पाँच सांसद भने मंगलबारको प्रदेशसभा बैठकमा सहभागी भएनन्।

यसैबीच, सरकार गठनविरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलासमा रिट दायर भएको छ। उक्त रिटमा सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। अदालतले रिट निवेदक र सरकार पक्षलाई भदौ १० गते छलफलका लागि बोलाएको छ।

सरकार गठनको विषय अदालतमा विचाराधीन रहेकै अवस्थामा विश्वासको मत लिन लागिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गर्दै आएको थियो। कांग्रेसका प्रमुख सचेतकले मंगलबार आफ्ना ३६ जना सांसदलाई प्रदेशसभा बैठकमा अनुपस्थित हुन ह्वीप जारी गरेका थिए।

नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद पनि बैठकमा उपस्थित नभएको प्रदेशसभा सचिवालयले जनाएको छ।

१०४ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री थापाले सोमबार नै विश्वासको मत लिने तयारी गरेका थिए। सत्तारूढ दलभित्रको विवाद र विपक्षी दलको विरोधका कारण सोमबारको बैठक स्थगित भएपछि मंगलबार विश्वासको मत लिइएको हो।

मुख्यमन्त्री थापा गत भदौ ४ गते एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

विश्वासको मत पाएसँगै तत्कालका लागि थापा नेतृत्वको सरकारमाथि देखिएको संवैधानिक संकट टरेको छ। तर, राप्रपाभित्रको विवाद र सरकार गठनविरुद्ध अदालतमा परेको रिटका कारण सरकारको आगामी यात्रा भने चुनौतीपूर्ण देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...