नेभिगेशन
समाज

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ सदरमुकाम–बिहुँ खण्डको सडक कालोपत्र गर्ने काम ठेक्का सम्झौता भएको १० वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई वर्षमा सडक कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर, पटकपटक म्याद थप्दा पनि काम पूरा नभएपछि ठेक्का सम्झौता रद्द गरिएको छ। अहिले सो सडकखण्डमा पुनः नयाँ ठेक्का लगाउने प्रक्रिया अघि बढाइएको छ।

Ncell
Extreme Energy

मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी उज्ज्वल शर्माका अनुसार गत पुस १७ गते भारत/सिद्धिसाई जेभीसँगको ठेक्का सम्झौता रद्द गरिएको हो। पाँच पटकसम्म म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेक्का रद्द गरी ठेकेदारबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए।

नयाँ ठेक्काका लागि लागत अनुमान, मूल्याङ्कन तथा स्रोत सुनिश्चितताको प्रतिवेदन राष्ट्रिय योजना आयोगमार्फत अर्थ मन्त्रालयमा पठाइएको छ। नयाँ ठेक्काका लागि करिब २५ करोड रुपैयाँ स्रोत सुनिश्चितता माग गरिएको शर्माले बताए।

पुरानो ठेकेदारबाट ९ करोड ३६ लाख रुपैयाँ असुलउपर गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ। पुरानो ठेकेदारले गरेको काम तथा नयाँ ठेक्कामा थप गर्नुपर्ने पूर्वाधारसमेत अध्ययन गरेर नयाँ लागत अनुमान तयार गरिएको आयोजनाले जनाएको छ।

आयोजना कार्यालयले नयाँ ठेक्का छिट्टै आह्वान गर्ने तयारी गरेको छ। सूचना अधिकारी शर्माका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि करिब चार महिनाभित्र नयाँ ठेक्का प्रक्रिया टुंग्याउने लक्ष्य छ।

बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक निर्माणका लागि २०७३ साल माघ १४ गते भारत/सिद्धिसाई जेभीसँग दुई वर्षमा काम सम्पन्न गर्ने गरी ४३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेकेदारले हालसम्म ३४ करोड तीन लाख रुपैयाँ भुक्तानी लिइसकेको छ।

ठेक्का रद्द भएपछि सडकको अवस्था झनै जीर्ण बनेको छ। वर्षायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उड्ने समस्या यात्रुले भोग्दै आएका छन्। कालोपत्र भइसकेका केही क्षेत्रमा समेत खाल्टाखुल्टी परेका छन्।

लामो समयदेखि सडक निर्माण अलपत्र पर्दा यात्रुसँगै स्थानीय बासिन्दाले समेत सास्ती खेप्दै आएका छन्। नयाँ ठेक्का प्रक्रिया छिटो टुंग्याएर सडक निर्माण अघि बढाउनुपर्ने स्थानीयको माग छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्दिर दर्शन गर्न आएकी महिलाको घाँटीबाटै  सुनको सिक्री लुट्ने पाँच जना पक्राउ

मन्दिर दर्शन गर्न आएकी महिलाको घाँटीबाटै  सुनको सिक्री लुट्ने पाँच जना पक्राउ

म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकी डलरको भाउ घट्यो

अमेरिकी डलरको भाउ घट्यो

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आज प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिँदै

आज प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिँदै

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।