नेभिगेशन
समाज

६० दिनमा सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा

काठमाडौं । यस वर्ष मनसुन सुरु भएयता ६० दिनमा देशभर सरदरभन्दा १०.१ प्रतिशत कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असार ५ देखि भदौ १ गतेसम्म देशभर ७४६.८ मिलिमिटर वर्षा मापन भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त अवधिमा सरदर ८३०.६ मिलिमिटर वर्षा हुने भए पनि यस वर्ष सरदरको ८९.९ प्रतिशत मात्रै वर्षा भएको विभागले जनाएको छ।

Ncell
Extreme Energy

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको विभागको मौसम विश्लेषणमा उल्लेख छ।

आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्दिर दर्शन गर्न आएकी महिलाको घाँटीबाटै  सुनको सिक्री लुट्ने पाँच जना पक्राउ

मन्दिर दर्शन गर्न आएकी महिलाको घाँटीबाटै  सुनको सिक्री लुट्ने पाँच जना पक्राउ

म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकी डलरको भाउ घट्यो

अमेरिकी डलरको भाउ घट्यो

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आज प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिँदै

आज प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिँदै

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।