नेभिगेशन
समाज

मन्दिर दर्शन गर्न आएकी महिलाको घाँटीबाटै  सुनको सिक्री लुट्ने पाँच जना पक्राउ

म्याग्दी । म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार, पक्राउ पर्नेमा बाराका आकाश राय, पर्साका लालबाबु राय, प्रमोद कुमार, सुनिलकुमार राय र एक नाबालकलाई अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Ncell
Extreme Energy

बेनी नगरपालिका–६ अर्थुङ्गेमा भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई म्याग्दी जिल्ला अदालतको अनुमतिमा अनुसन्धानका लागि तीन दिनका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । 

उनकाअनुसार पक्राउ परेकाहरुले बेनी नगरपालिका–५ गाजनेको जगन्नाथ मन्दिरमा सोमबार लागेको धार्मिक मेलामा पूजाआजाका लागि आएकी स्थानीय भद्रकुमारी कार्कीले घाँटीमा लगाएको सुनको सिक्री चोरी गरेर भागेका थिए । उनीहरु यसअघि पनि म्याग्दीका अन्य चोरीका घटनाहरुमा संलग्न भई मुद्दा चलेको खुलेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा विद्यार्थीको उजुरी, के छ कानुनमा व्यवस्था ?

विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा विद्यार्थीको उजुरी, के छ कानुनमा व्यवस्था ?

विद्यालयहरूले कपाल काट्न दबाब दिन नहुने भएपछि यस्ता विद्यालयले अभिभावकको साहारा लिन थालेका छन् । विद्यार्थीले कपाल काट्न दबाब दिएको जनाउँदै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने...
कोपमा नेपालले कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनको विषय उठाउने

कोपमा नेपालले कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनको विषय उठाउने

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुँदैछ ।
अमेरिकी डलरको भाउ घट्यो

अमेरिकी डलरको भाउ घट्यो

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।