नेभिगेशन
समाज

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो । उक्त आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।

Ncell
Extreme Energy

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र रु २० हजार नगद जलेर नष्ट हुँदा करिब रु १२ लाखबराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र रु ५० हजार नगद जलेर नष्ट हुँदा करिब रु १४ लाख क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

भोटेकोशी नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

भोटेकोशी नदीमा पानीको बहाव उच्च भएपछि रसुवाको टिमुरे भन्सार क्षेत्रमा ठूलो बाढी आएको छ।
रसुवाको टिमुरेमा ठूलो बाढी, क्षतिको विवरण आउन बाँकी

रसुवाको टिमुरेमा ठूलो बाढी, क्षतिको विवरण आउन बाँकी

रसुवाको टिमुरे भन्सार क्षेत्रमा ठूलो बाढी आएको छ ।
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले संसदमा नेपाल भारत विद्युत व्यापार सम्झौता पेस गर्ने भएका छन् ।
विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा विद्यार्थीको उजुरी, के छ कानुनमा व्यवस्था ?

विद्यालयले कपाल छोटो बनाउन दबाब दिएको भन्दै हेलो सरकारमा विद्यार्थीको उजुरी, के छ कानुनमा व्यवस्था ?

विद्यालयहरूले कपाल काट्न दबाब दिन नहुने भएपछि यस्ता विद्यालयले अभिभावकको साहारा लिन थालेका छन् । विद्यार्थीले कपाल काट्न दबाब दिएको जनाउँदै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने...

भर्खरै