नेभिगेशन
मुख्य समाचार

भोटेकोशी नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं । भोटेकोशी नदीमा पानीको बहाव उच्च भएपछि रसुवाको टिमुरे भन्सार क्षेत्रमा ठूलो बाढी आएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव उच्च रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

Ncell
Extreme Energy

कार्यालयले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार धुन्चेतर्फबाट ठूलो बाढी आएको हो। बाढी टिमुरे आसपासको क्षेत्रमा देखिएको उनले बताए।

‘एकदमै ठूलो बाढी आएको छ। टिमुरे आसपासको क्षेत्रमा देखिएको छ। के–कति क्षति भयो भन्ने यकिन छैन,’ उनले भने।

बाढीले टिमुरे भन्सार क्षेत्रका संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। भन्सारका संरचना बाढीले बगाएको बताइए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ।

बाढीपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले घटनास्थलको अवस्था बुझ्ने र क्षतिको विवरण संकलन गर्ने काम गरिरहेका छन्।

घटनाको थप विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रसुवा बाढीबाट नुवाकोटमा पनि ठूलो क्षति, प्रशासनिक भवन बगायो, कारागार डुबान

रसुवा बाढीबाट नुवाकोटमा पनि ठूलो क्षति, प्रशासनिक भवन बगायो, कारागार डुबान

रसुवा बाढीबाट नुवाकोटमा पनि ठूलो क्षति भएको छ ।
रसुवामा किन आयो ठूलो बाढी ? चीनसँग सम्पर्क गर्दै सरकार

रसुवामा किन आयो ठूलो बाढी ? चीनसँग सम्पर्क गर्दै सरकार

रसुवामा आएको भीषण बाढीका सम्बन्धमा सरकारले चीनसँग सम्पर्क अगाडि बढाएको छ ।
रसुवा बाढीबाट प्रभावितहरूको खोज र उद्धार सुरू भइसकेको छ– बालेन शाह

रसुवा बाढीबाट प्रभावितहरूको खोज र उद्धार सुरू भइसकेको छ– बालेन शाह

रसुवामा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।