नेभिगेशन
मुख्य समाचार

बाढीले बेत्रावती बजारसम्मै पार्‍यो तहसनसह

काठमाडौं । भोटेकोसी नदीमा बाढी आउँदा रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावती बजारसम्म प्रभावित बनेको छ । स्थानीयका अनुसार बुधबार बिहान एक्कासि आएको भीषण बाढीले टिमुरेमा रहेको भन्सार यार्ड, बेत्रावती बजार पूरै खण्डहर तुल्याएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भन्सार यार्डमा मानवीय हताहतीको पनि आशंका गरिएको छ ।

Ncell
Extreme Energy

धुन्चे क्षेत्रबाटै ठूलो बाढी आएको देखिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए । 'एकदमै ठूलो बाढी आएको छ । कति क्षति भयो भन्ने यकिन छैन,' उनले भने ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव उच्च रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

कार्यालयले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेको छ।

विस्तृत विवरण आउन बाँकी रहेको प्रशासनले बताएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।
रसुवा बाढी : हेलिकप्टरसहित उद्धारमा खटियो नेपाली सेना

रसुवा बाढी : हेलिकप्टरसहित उद्धारमा खटियो नेपाली सेना

रसुवामा आकस्मिक रुपमा आएको भीषण बाढीपछि नेपाली सेना उद्धारमा खटिएको छ ।
टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर...
रसुवा बाढीबाट नुवाकोटमा पनि ठूलो क्षति, प्रशासनिक भवन बगायो, कारागार डुबान

रसुवा बाढीबाट नुवाकोटमा पनि ठूलो क्षति, प्रशासनिक भवन बगायो, कारागार डुबान

रसुवा बाढीबाट नुवाकोटमा पनि ठूलो क्षति भएको छ ।

भर्खरै