नेभिगेशन
समाज

रसुवामा बाढीबाट गम्भीर क्षति, उच्च सतर्कता अपनाउन मन्त्री तिमिल्सिनाको आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भीषण बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढीबाट भएको क्षतिको खबर दुःखद भएको उल्लेख गर्दै उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको जानकारी दिएका छन्।

Ncell
Extreme Energy

उनका अनुसार सरकारले सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिएको छ।

मन्त्री तिमिल्सिनाले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा नजान र अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनी पालना गर्नसमेत उनले अनुरोध गरेका छन्।

अवस्था अझै विकसित हुन सक्ने भन्दै मन्त्री तिमिल्सिनाले अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न, एकअर्कालाई सचेत गराउन र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।
रसुवा बाढी : हेलिकप्टरसहित उद्धारमा खटियो नेपाली सेना

रसुवा बाढी : हेलिकप्टरसहित उद्धारमा खटियो नेपाली सेना

रसुवामा आकस्मिक रुपमा आएको भीषण बाढीपछि नेपाली सेना उद्धारमा खटिएको छ ।
टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर...
रसुवा बाढीबाट नुवाकोटमा पनि ठूलो क्षति, प्रशासनिक भवन बगायो, कारागार डुबान

रसुवा बाढीबाट नुवाकोटमा पनि ठूलो क्षति, प्रशासनिक भवन बगायो, कारागार डुबान

रसुवा बाढीबाट नुवाकोटमा पनि ठूलो क्षति भएको छ ।

भर्खरै