नेभिगेशन
समाज

स्थानीय भन्छन्– प्रहरी चौकी, भन्सार कार्यालयदेखि होटल र पसलसम्म केही बाँकी छैन

काठमाडौं । रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेका कपिल पाख्रिनले बजार क्षेत्रका प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सडकमा रहेका सवारीसाधनसमेत बाढीले बगाएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनाबारे उनका अनुसार बाढी आउनुभन्दा करिब एक घण्टाअघि उनीहरू टिमुरे बजार क्षेत्रमा थिए। एक्कासि माथिबाट हुरी, बादल, धुलो, धुवाँ र हिलोसहितको ठूलो बहाव आएको उनले बताए।

Ncell
Extreme Energy

‘एक्कासि माथिबाट हुरी, बादल, धुलो, धुवाँ र हिलोसहित आयो। हामी त्यहीँ बसेको भए खोलामा मिसिन्थ्यौँ। हामी भित्तातिर भाग्यौँ र पहाडतिर पुग्न सफल भयौँ,’ उनले भने।

उनका अनुसार धेरै मानिसले समयमै भाग्न नसकेको अवस्था छ। बाढीको बहावले प्रहरी चौकीसमेत बगाएको उनले बताए।

‘त्यहाँ प्रहरी चौकी थियो। चौकी पनि सबै बगाएको छ। भन्सारका कार्यालयहरू सबै बगाएको छ। सरकारी भवन केही पनि छैन,’ उनले भने।

टिमुरे बजार तथा खोला आसपास रहेका होटल, पसल र सवारीसाधनसमेत बाढीले बगाएको उनको भनाइ छ। मालवाहक ट्रकहरू पनि बाढीले बगाएको उनले बताए।

अहिले भने बाढीको बहाव केही घटेको उनले जानकारी दिए। माथिबाट हेर्दा खोला सामान्य अवस्थामा फर्किने क्रममा रहेको उनले बताए।

‘अघिभन्दा पानी घटेको छ। बाढी घटेको छ। अहिले माथिबाट हेर्दा खोला सामान्य अवस्थामा फर्किने क्रममा छ,’ उनले भने।

पहिरोसँगै आएको लेदोले बजार क्षेत्र बगाएको र खोलाले धारसमेत परिवर्तन गरेको उनले बताए। ‘पहिरोबाट आएको लेदोले सबै बगाएको छ। खोलाले आफ्नो धार परिवर्तन गरेको छ। जुन ठाउँमा बजार थियो, अहिले त्यही क्षेत्रमा खोला बगिरहेको छ,’ उनले भने।

उद्धारका लागि तत्काल तल झर्न सक्ने अवस्था नरहेको उनले बताए। मौसम अहिले सफा रहे पनि खोला क्षेत्रमा अझै धुलो र जोखिम रहेको उनको भनाइ छ।

‘मौसम सफा छ। तर खोलामा आएको बाढीका कारण तलको क्षेत्रमा अझै धुलो छ। हामी पहाडको डिलमा जम्मा भएर बसेका छौँ,’ उनले भने।

उनका अनुसार अहिले सुरक्षित स्थानमा करिब ८–१० जना मात्रै छन्। तल फर्केर उद्धार गर्न सक्ने अवस्था तत्काल नरहेको र को–को बाँचेर सुरक्षित छन् भन्ने यकिनसमेत हुन नसकेको उनले बताए।

‘जो मान्छे पहाडतिर भाग्न सके, उनीहरू मात्रै सुरक्षित छन्। सम्भव भएसम्म मौसमले साथ दिए तल पनि हेर्ने प्रयास गर्छौँ,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।
रसुवा बाढी : हेलिकप्टरसहित उद्धारमा खटियो नेपाली सेना

रसुवा बाढी : हेलिकप्टरसहित उद्धारमा खटियो नेपाली सेना

रसुवामा आकस्मिक रुपमा आएको भीषण बाढीपछि नेपाली सेना उद्धारमा खटिएको छ ।
टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर...

भर्खरै