नेभिगेशन
समाज

मौसम विभाग भन्छ– रसुवामा परेको वर्षाका कारण बाढी आएको देखिँदैन

काठमाडौं। पछिल्लो २४ घण्टामा परेको वर्षाको विवरणअनुसार सिन्धुपाल्चोकका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भए पनि रसुवामा भने मध्यमसम्म मात्रै वर्षा भएको देखिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १० गते बिहान १० बजेसम्मको वर्षाको विवरण विश्लेषण गर्दा रसुवामा परेको वर्षाका कारण हालको बाढी आएको देखिने अवस्था नरहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Ncell
Extreme Energy

सम्बन्धित निकायका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक जिल्लाका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। तर रसुवा जिल्लाका केही स्थानमा मध्यमसम्म मात्रै वर्षा भएको पाइएको छ।

यस आधारमा रसुवामा स्थानीय रूपमा परेको वर्षाका कारण मात्रै हालको बाढी आएको हुन नसक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ। बाढीको वास्तविक कारणबारे थप अध्ययन तथा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा  विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।
भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।

भर्खरै