नेभिगेशन
मुख्य समाचार

रसुवा बाढीबाट प्रभावितहरूको खोज र उद्धार सुरू भइसकेको छ– बालेन शाह

काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको प्रधानमन्त्री बालेन शाहले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी पठाइसकिएको जानकारी दिएका छन् ।

Ncell
Extreme Energy

विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको र मेडिकल टिम, स्काउट तथा रेडक्रससँग समन्वय गरेर आवश्यक कदम चाल्न निर्देशन दिइएको उनले बताएका छन् । प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको पनि शाहले जानकारी दिएका छन् ।

तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताएका छन् । त्यसका लागि एसएमएस र फोनमार्फत सूचना दिई सुरक्षित स्थानमा जान सचेत गराइएको छ ।

सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । निजी हेलिकप्टर कम्पनीलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न भनिएको शाहले बताएका छन् ।

बाढीपछि आगामी आवश्यक कदमबारे निर्णय गर्न उच्चस्तरीय बैठक बोलाइएको उनले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसके उद्धार टोलीका आधिकारिक अपडेट कुर्न अनुरोध गरेका छन् । थप जानकारी तथा राहतसम्बन्धी जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बाढीले पाँच जलविद्युत् आयोजनामा क्षति

बाढीले पाँच जलविद्युत् आयोजनामा क्षति

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका पाँचवटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा  विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।
भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

भर्खरै