नेभिगेशन
समाज

भोटेकोशी बाढीको जोखिम सुस्तासम्मै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको जोखिम सुस्तासम्म रहन सक्ने आकलन गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पुग्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना पठाउने तयारी गरेको छ।

Ncell
Extreme Energy

केन्द्रका बाढीविद् सौहार्द जोशीका अनुसार यसअघि चितवनको देवघाटसम्म बाढीको जोखिम रहन सक्ने अनुमान गरिएको थियो। तर बाढीको प्रकृति हेर्दा जोखिम सुस्तासम्म पुग्न सक्ने देखिएको उनले बताए।

‘बाढीको जोखिम अहिलेसम्म घटेको छैन। सुस्तासम्म नै जोखिम हुन सक्छ,’ जोशीले भने।

सम्भावित जोखिमलाई ध्यानमा राखेर तल्लो तटीय क्षेत्रमा पूर्वतयारी थालिएको उनले जानकारी दिए।

भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको भीषण भेलबाढीमा हालसम्म ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । सरकारी निकायले सिधाकुरालाई दिएको जानकारीअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी नागरिक छन् । ९३ स्वदेशी...
रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।
डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।